प्रथम साउथ एसियन टेनीस क्रिक्रेट बिहीबारदेखि पोखरामा सुरु

समाधान संवाददाता २०७८ फागुन १२ गते १९:३२

पोखरा ।
प्रथम साउथ एसियन टेनीस क्रिक्रेट प्रतियोगिता पोखरामा सुरु भएको छ । खेलको उद्घाटन गर्दै राष्ट्रीय खेलकुद परिषद सदस्य राजेश गुरुङले टेनीस क्रिक्रेट प्रतियोगिताले खेलाडीहरुको क्षमतामा अझ धेरै निखार ल्याउने भन्दै खेल क्षेत्रमा निरन्तर लाग्न आग्रह गरे ।

Advertisement

सार्क मुलका राष्ट्रहरुबिच पोखरामा भएको पहिला खेलमा सार्क मुलकका ४ देश र नेपालका ८ समुहको सहभागीता रहेको थियो । बिहीबार भएको पहिलोे खेलमा नेपाललाई भारतले ७ विकेटले जितेको छ ।


दोस्रो खेलमा श्रीलंकाले वङगालादेशलाई ४ विकेटमा जित हात पारेको छ । आजै भएको तेस्रो खेलमा भारत र वंगलादेश विच भएको निकै प्रतिष्पर्दात्मक खेलमा भारतले ५६ रनले जित आपफ्नो पोल्टामा पार्न सफल भयो । आजको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ८ विकेटले सहज जित निकाल्न सफल भयो ।

Advertisement


टेनीस क्रिक्रेट एसोसीयसन नेपालले आयोजना गरेको प्रतियोगिता नेपालमा पहिलो पटक भएको ट एसोसीयसनका अध्क्षय दिपेश खत्रीले बताउनु भयो । उहाँले भन्नु भयो अव यो प्रतियोगीता र खेल नेपालको पहिलो खेल वनाउने तर्फ आफुहरु लागी परेको बताउनु भयो । उद्घाटन खेलमा श्रीलंकाले वङगालादेशमा वसेर खेल क्षेत्रको अध्यँन गरेका विद्यार्थीहरुको सहभागीता रहेको थियो

तपाईको प्रतिक्रिया