जसपाका ४ केन्द्रीय सदस्यसहित सयौंलाई एमालेमा स्वागत गर्न केपी ओली पोखरा आइपुगे

पाेखरा ।
एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा आइपुगेका छन् । गण्डकी प्रवेश कमिटीले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन शुक्रबार बिहान ११ बजेपछि ओली पोखरा आइपुगेका हुन् ।
पोखरा आएर ओली अहिले लेकसाइडको एक होटलमा बसिरहेका छन् । पोखरा सभागृहमा हुने कार्यक्रममा उनी सहभागी हुनेछन् । त्यहाँ विभिन्न पार्टीबाट एमालेमा नेता कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम छ । जनता समाजवादी पार्टीका ४ जना केन्द्रीय सदस्य र प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।
एमाले स्रोतले दिएको जानकारी अनुसार जसपाका केन्द्रीय सदस्य एवं गण्डकी इन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङको नेतृत्वमा सयौं नेता, कार्यकर्ता एमाले प्रवेश गर्दैछन् ।
सोही कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायत पार्टी परित्याग गरेका सयौंजनालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी सदस्यता प्रदान गर्ने कार्यक्रम रहेको एमाले गण्डकी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
गण्डकी प्रदेशमा प्रभाव पार्न सक्ने नेताहरु पार्टी प्रवेश गर्ने भएकाले काठमाडौंको व्यस्त सेड्युअललाई स्थगित गरी ओली पोखरा आएका हुन् ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया