एमाले फर्किँदै गणेशमान गुरुङले भने- नेता त केपी ओली पो नेता
समाधान संवाददाता
२०७८ फागुन १३ गते १४:१४

पाेखरा ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका इन्चार्ज गणेशमान गुरुङ एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा गुरुङलाई आफ्नो पार्टीमा स्वागत गरे ।
त्यस अवसरमा गुरुङले पार्टी भनेकै एमाले र नेता केपी ओली भएकाे बताए । “हाम्रो गुरुङहरु भन्छ लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे,” उनले भने, “पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता ।”
ओलीले अबको जीवन देश र जनताका लागि भने झै आफूहरुको अबको जीवन एमालेका लागि हुने गुरुङले बताए ।
कास्कीको धम्पुसका गुरुङ २०६९ सालअघिसम्म एमालेमै थिए । त्यसपछि उनी संघीय समाजवादी पार्टीमा गएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया