जनप्रियमा प्रदेशस्तरीय तालिम

समाधान संवाददाता २०७८ फागुन १३ गते १८:४०

पोखरा ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयद्वारा आयोजित बिबिएस कोर्स डिसिमेनेसन, डेडागोजी एन्ड इभ्यालुएसन सम्बन्धी दुई दिने पुनर्ताजगीकरण कार्यक्रम त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालको प्रमुख आतिथ्यतामा शुक्रबार जनप्रिय बहुमुखी क्याम्पसमा उद्घाटन भयो ।

Advertisement


गण्डकी प्रदेशका आंगिक तथा सामुदायिक क्याम्पसका ३५० जना प्रशिक्षार्थीलाई अंग्रेजी, व्यवस्थापन विज्ञान, अर्थशास्त्र, सामान्य व्यवस्थापन, बजारशास्त्र, वित्तशास्त्र र लेखा बिषयका विशेषज्ञहरुले प्रशिक्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रमको संयोजन जनप्रिय बहुमुखी क्याम्पसले गरेको क्याम्पसका निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले बताए ।


उद्घाटन समारोहमा विशेषज्ञहरुका तर्फबाट बौल्दे प्राडा भोजराज अर्यालले त्रिभुवन विश्वविद्यालयका कार्यक्रमहरुलाई नक्कल गरेर खोलिएका अन्य विश्वविद्यालयहरुलाई नयाँ कार्यक्रम खोजी गरी चलाउनुपर्ने बताए । अनुगमन निर्देशनालयका निर्देशक सह–प्राध्यापक विष्णुप्रसाद खनालले सम्बन्धन प्राप्त क्याम्पसका प्राध्यापकहरुको योग्यता÷क्षमता तथा उनीहरुको पेशागत नैतिकताको कडा अनुगमन तथा मूल्यांकनका माध्यमबाट विश्वविद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आफू सदैव तत्पर रहेको बताए ।

Advertisement


राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा कार्यक्रमका प्रमुख वक्ता प्राडा पुष्कर बज्राचार्यले समयको परिवर्तन सँगसँगै नयाँ ज्ञान आवश्यक हुने र त्यस्तो ज्ञान आवश्यक हुने र त्यस्तो ज्ञान नयाँ पाठ्यक्रमका माध्यमबाट मात्र प्रत्यायोजन गर्न सकिने भन्दै कार्यक्रमको औचित्यता माथि प्रकाश पारे ।


व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माले देशकै ४७ प्रतिशत विद्यार्थीहरुले व्यवस्थापन संकाय अन्र्तगत २८ वटा कार्यक्रमहरुमा भर्ना भई अध्ययन गरिरहेको बताए । विषयगत अभिमुखीकरण कार्यक्रमहरुले प्राध्यापकहरुमा पेशागत विशिष्टता अभिवृद्धि भई विद्यार्थीहरुलाई प्रभावकारी ढंगले प्रशिक्षित गर्नसक्ने भएकाले यस संकायले यस्ता कार्यक्रमहरुमा जोड दिएको बताए ।

Advertisement


कार्यक्रमका प्रमुख अतिथी रजिस्ट्रार प्राडा पेशल दाहालले त्रिभुवन विश्वविद्यालयका परीक्षालाई प्रभावकारी बनाई समयमै विद्यार्थीहरुको शैक्षिक सत्र सक्न आईपर्ने विभिन्न समस्याहरुलाई समाधान गर्न आफु तयार रहेको तर समय मै पठनपाठनका कामहरु नसकिएको कारण देखाई विद्यार्थीहरुले परीक्षा रोक्ने प्रवृत्ति रोक्न प्राध्यापकहरुलाई आग्रह गर्दै उनले व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धानका माध्यमबाट नयाँनयाँ कार्यक्रमहरुको विकास गरी पठनपाठनका लागि आवश्यक अभिमुखीकरण कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेकोले अरु संकायलाई समेत यसको सिको गर्न आग्रह गरे ।


व्यवस्थापन संकायका डीन प्राडा डिल्लीराज शर्माको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीले स्वागत मन्तव्य राखेका थिए भने सहायक डीन दिनेशमणि घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया