सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश

पोखरा ।
जनता समाजवादी पार्टी (जसपा)का स्थायी समितिका सदस्य तथा गण्डकी इन्चार्ज गणेशमान गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष दीपक तामाङ, उपाध्यक्ष काशीमाया गुरुङ र किसान विश्वकर्मा गण्डकी प्रदेश सदस्यहरु खड्गबहादुर गुरुङ, लक्ष्मण गुरुङ,लेखनाथ नगरपालिकाका पूर्व उपमेयर गोपालमान गुरुङसहित नेता तथा कार्यकर्ता शुक्रबार नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपा लगायत पार्टी परित्याग गरेका एमालेमा प्रदेश गरेका १ हजार १ सय १० नेता तथा कार्यकर्तालाई खादा लगाएर स्वागत गरे ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नवप्रवशीले पार्टीका उपमहासचिव एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्याल, स्थायी समितिका सदस्य तथा संगठन विभागका प्रमुख खगराज अधिकारीले पार्टीमा औपचारिक रुपमा स्वागत गरे ।
नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गर्नेहरुमा तरुण दल पोखरा १८ का उपसभापति शंकरजंग थापा, ट्रेड युनियन कांग्रेसका नवराज बिजुक्छे लगायत छन् । माओवादी केन्द्रबाट पोखरा ७ का पूर्व अध्यक्ष सूर्यबहादुर कार्की, माछापुच्छ«े गाउँ कमिटीका पूर्व गाउँपालिका अध्यक्ष टेकनाथ गौतम (पीडित), प्रदेश कमिटी सचिवालय सदस्य राजु पराजुली लगायत प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट कास्की जिल्ला सचिवालय सदस्य पोखरा १७ का चित्र बराल, कमल बराल, दिव्यकुमार बराल, तोरण लोहार लगायत एमालेमा प्रवेश गरे । राप्रपाका नेता एवं पोखराका पूर्व मेयर भीमसेन थापा एमालेमा प्रवेश गरेका छन् । सामाजिक व्यक्तित्व डा सुधीर पराजुलीसमेत एमालेमा विधिवत् रुपमा प्रवेश गरेका छन् ।








सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया