अनेमसंघ र अनेरास्ववियुको वडा कमिटी गठन

समाधान संवाददाता २०७८ फागुन १५ गते २०:१७

पोखरा ।
नेपाल कम्युनिष्ट पाटी एमाले पोखरा २२ को आम भेलाले युवा संघ नेपाल अनेमसंघ र अनेरास्ववियु वडा कमिटी गठन गरेको छ । एमाले भातृसंगठनले शनिबार कमिटी गठन गरेको हो । भेलाले ६१ सदस्यीय कमिटी गठन गरेको छ । एमाले वडा कमिटि २२ का अध्यक्ष राजेन्द्र बरालको अध्यक्षतामा सम्पन्न भएको भेलाले रोशन बास्तोलाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो ।

Advertisement


भेलाले सन्जिब गुरुङको अध्यक्षतामा युथ फोर्स गठन पनि गरेको छ । भेलाले कृष्ण कुमारी पौडेल देवकोटाको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको छ । सोही भेलाले सहशिल बराल को अध्यक्षतामा ३१ सदस्यीय अनेरास्ववियु गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पाटी पाटी एमालेको केन्द्रिय सदस्य तथा कास्की जिल्ला सह–इन्चार्ज राजिब पहारीको प्रमुख आतिथ्यतामा सप्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश कमिटी सदस्य तथा वडा अध्यक्ष क.मित्रलाल बराल युवा संघ नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष महेन्द्र गुरुङ अनेमसंघ केन्द्रीय कमिटी सदस्य शोभा बराल पहारी जिल्ला कमिटी सदस्य प्रकाश गुरुङ झलक बराल युवा संघ केन्द्रिय कमिटी सदस्य बिकास अधिकारी युवा संघ कास्की अध्यक्ष पान बहादुर जिसि अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य स्मृति बराल नगर कमिटी सदस्य खेमराज प्यामलाल बराल अनेमसंघ नगर कमिटी सदस्य बुद्दिमाया गुरुङले आफ्नो धारणा राखेका थिए ।


कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष याम बहादुर गुरुङले गरेका थिए । संगठनमा विभिन्न पाटी परित्याग गरि आएका ४३ जनालाई पाटी प्रमुख अतिथिले पाटीमा स्वागत गरेका थिए । कार्यक्रम संचालन सचिव भवानीप्रसाद बास्तोलाले गरेका थिए ।

तपाईको प्रतिक्रिया