फागुन २० गते कांग्रेस महामन्त्री गगन थापा पोखरा आउने

पोखरा ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २० गते पोखरा आउने भएका छन् । कांग्रेस मादी गाउँपालिका समितिले पोखरा १२ शीतलादेवी पार्टी प्यालेसमा आयोजना गर्ने अगुवा कार्यकर्ता प्रशिक्षणमा थापा आउन लागेका हुन् ।
महामन्त्री थापाले अमेरिकी अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) सम्झौताका विषयमा भ्रम चिर्ने गरी विशेष धारणा राख्ने कार्यक्रम रहेको कास्की कांग्रेस सचिव भानु ढकालले जानकारी दिए ।
‘व्याख्यात्मक टिप्पणी राखेर एमसिसी अनुमोदन गर्न सकिन्छ भन्ने आइडिया नै सबैभन्दा पहिला हाम्रो महामन्त्रीज्यूले ल्याउनुभएको थियो,’ ढकालले भने, ‘एमसिसीबारे पार्टीको केन्द्रीय समितिले गरेको निर्णय, उक्त सम्झौता प्रतिनिधि सभाबाट पारित गर्दा गरिएको ११ बुँदे व्याख्यात्मक टिप्पणीका सम्बन्धमा महामन्त्रीज्यूले जानकारी गराउनुहुनेछ ।’
एमसिसी किन देशको हितमा छ र त्यसले नेपाललाई कति फाइदा गर्छ भन्ने लगायत विषयमा महामन्त्री थापाले अगुवा कार्यकर्ताहरुलाई प्रष्ट पार्ने ढकालले सुनाए । कार्यक्रममा कास्की कांग्रेसका ७२ वटै इकाइबाट अगुवा कार्यकर्ता एवं भातृ तथा शुभेच्छुक संस्थाका नेता, कार्यकर्ता सहभागीहरु हुने भएका छन् ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, जिल्ला सभापति किशोरदत्त बराल, नेता रामचन्द्र त्रिपाठी लगायत जिल्लाका शीर्ष नेताहरुले पनि प्रशिक्षण दिने कांग्रेस मादी गाउँपालिका समिति सभापति यमबहादुर गुरुङले जानकारी दिए ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया