शिव मन्दिर समिति पोखरा २८ मा मनोहरि

पोखरा ।
पोखरा महानगरपालिका २८ कालिका बिमिरापानीमा अवस्थित शिव मन्दिर सेवा समितिको भेलाले मनोहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शंकर पौडेल सचिवमा सफल पौडेल, सहसचिवमा संगीता पौडेल कोषाध्यक्षमा सञ्जय रानाभाट छन् । सदस्यहरूमा श्रीराम पौडेल, रञ्जित पौडेल, सुवास पौडेल, सञ्जय पौडेल छन् । समितिको सल्लाहकारमा दुर्गाप्रसाद पौडेल, रूद्रप्रसाद पौडेल, राधिका पौडेल, नारायणप्रसाद पौडेल, राधिकादेवी पौडेल र बाबुराम राना छन् ।
नव निर्वाचित समितिका अध्यक्ष मनोहरि पौडेलले समितिको पहिलो काम एक वर्षभित्र मन्दिर पुनःनिर्माण गरिने प्रतिबद्धता प्रकट गरे । सबै गाउँबासी दाजुभाइ दिदीबहिनीहरू लगायत सम्बन्धित निकायको सहयोग र साथको जरूरी रहेको उनले औंल्याए । २०३७ सालमा तत्कालीन समाजसेवी शिवप्रसाद पौडेलले स्थापना गरेको उक्त शिव मन्दिर हाल निकै जीर्ण छ ।
उक्त कार्यक्रममा मन्दिर निर्माणका लागि सल्लाहकार दुर्गाप्रसाद पौडेलले २५ हजार, अर्का सल्लाहकार रूद्रप्रसाद पौडेलले १० हजार, समाजसेवी भोजबहादुर रानाभाटले ७ हजार र ९४े वर्षीया विष्णुमाया पौडेलले २ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।








संकट र सम्भावनाको दोबाटोमा देश
सम्पादकीय—ठूला प्रकरण छानबिन गर
साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया