चरक हस्पिटल अध्यक्षमा फेरि रेग्मी

पोखरा ।
नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलको नवौं वार्षिक साधारणसभा शुक्रबार भएको छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीबबहादुर कोइरालाले छोटो समयमा नै चरक हस्पिटल पोखरामा स्थापित हस्पिटल बन्न सफल भएको बताए । उनले सरकारी हस्पिटलभन्दा पनि निजीको सेवा सुविधा भरपर्दो रहेको विचार राखे ।
हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीले २०६८ मा पोखराको नयाँबजारबाट ५० बेड क्षमताको स्वीकृति लिएर सञ्चालन गरिएको बताउँदै आमनागरिकको विश्वासका कारण छोटो समयमा नै प्रदेशकै राम्रो हस्पिटल बन्न सफल भएको सुनाए । उनले कोभिडको अवस्थामा धेरै हस्पिटलले ताला लगाए पनि आफूहरुले कोरोनाका बिरामीहरुको उपचार गरी धेरैको ज्यान बचाउन सफल भएको जानकारी गराए ।
प्रबन्ध निर्देशक कपिल पोखरेलले कोरोनाका समयमा पनि आरोहअवरोह झेल्दै हस्पिटलले सेवा प्रवाहमा कुनै कसर बाँकी नराखेको बताए । उनले विगत १ वर्षदेखि हस्पिटलमा मुटु र टाउकोको समेत अप्रेसन हुँदै आएको जानकारी दिए । उपचारका लागि काठमाडौं जाने बिरामीका लागि पोखरामा नै उपचारको व्यवस्था हुन सकेको उनको भनाइ थियो । वरिष्ठ अधिवक्ता विष्णुप्रसाद बास्कोटाले संस्थालाई अगाडि बढाउन लगानीकर्ता मजबुत हुनुपर्नेमा जोड दिए । उनले हस्पिटलले सह्रानीय काम गरेको बताए ।
यसैबीच चरक मेमोरियल हस्पिटल सञ्चालक समितिको अध्यक्षमा रामचन्द्र रेग्मी पुनः अध्यक्षमा चयन भएका छन् । सभाले आगामी ३ वर्षका लागि रेग्मीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सभामा वरिष्ठ अधिवक्ता हरिप्रसाद पण्डितको निर्वाचन समिति गठन भएको थियो । समितिको अन्य पदाधिकारीमा कपिल पोखरेल, ओमकुमार श्रेष्ठ र डा. प्रवीण बानिया चयन भएका छन् । नवनिर्वाचित कार्य समितिले शुक्रबार नै सपथ लिएको छ ।








संकट र सम्भावनाको दोबाटोमा देश
सम्पादकीय—ठूला प्रकरण छानबिन गर
साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया