दमौलीको हार्डवेयर पसलमा भीषण आगलागी

समाधान संवाददाता २०७८ फागुन २२ गते १२:०८

दमौली ।

Advertisement

तनहुँको दमौली भोर्लेटार चोकको एउटा हार्डवेयर पसलमा भीषण आगलागी भएको छ। भूपाल हार्डवयर पसलमा आइतबार बिहान १० बजेतिर आगो लागेको हो ।

प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरेका छन् । आगो निभाउन दमकल र पानी ट्यांकीको प्रयोग गरिएको छ। आगो निभाउन हेलिकोप्टरै मगाइएको दमौलीका पत्रकार डम्बर अधिकारीले आफ्नो फेसबुकमा लेखेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणको हवाला दिँदै हेलिकोप्टर आगो निभाउन ल्याउन लागिएको जनाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया