दमौलीको आगो निभाउन हेलिकोप्टर प्रयोग

समाधान संवाददाता २०७८ फागुन २२ गते १४:०६

पोखरा ।

Advertisement

तनहुँ दमौलीको भोर्लेटार चोकको एउटा हार्डवेयर पसलबाट सुरु भएको आगोले अरु थुप्रै पसलहरुमा सल्किएर भीषण रुप लिएपछि हेलिकोप्टरबाट पानी हालेर निभाउने प्रयास गरिएको छ ।


सिम्रिक एयररको हेलिकोप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाइरहेको छ । भूपाल हार्डवेयरमा आइतबार बिहान १० बजे आगो लागेको थियो । आगो निभाउन पोखरा महानगरपालिकाको दमकल पनि दमौली पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया