अभिनेता शाह थप १२ दिन थुनामा

पोखरा ।
अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका शाहलाई यसअघि ७ दिनको म्याद थप गरेर थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । शाहले १७ वर्षीया गायिकामाथि पटक–पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ । गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया–प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप छ ।
पलविरुद्ध नवलपरासीमा पनि बलात्कारको उजुरी दर्ता भएको छ । शाहले करिब १ वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै ती बालिकाले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । जाहेरीमा पलले ०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती बालिकाले सुटिङका लागि गैंडाकोट आएका बेलामा आफूलाई शाहले करणी गरेको दाबी गरेकी छन् ।
बुधबार तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको थियो । तर शाहले आइतबार फेसबुकमा स्टाटस लेख्दै आफैं प्रहरीमा हाजिर हुने बताएका थिए । उनी आइतबार दिउँसो आफैं प्रहरी कार्यालय पुगेका हुन् । शाहले ‘उमेर पुगेपछि विवाह गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । शाहले ती बालिकालाई अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडास्थित प्रदीप थापाको घरमा बलात्कार गरेको भन्दै परिवारले उजुरी दिएको छ ।
शाहले देखावटी रूपमा माया, प्रेम गरेको बाहना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख थियो । शाहले ती बालिकालाई ललाई फकाई पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा ती बालिकाले असहमति जनाएको उजुरीमा उल्लेख थियो ।
शाहले बागलुङको गलकोटबाट जाँदा र फर्कंदा ती बालिकालाई एकै सिटमा यात्रा गर्दाका बखतसमेत बालयौन दुरुपयोग गरी संवेदनशील अंगमा चलाउने, जिस्काउने, समात्ने जस्ता कार्यसमेत गरेको जाहेरीमा जनाइएको छ । शाहले पोखरा, चितवनस्थित गैडाकोट रिसोर्टमा पनि नाबालिकालाई बलात्कार गरेको दाबी गरिएको छ ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया