पोखरामा स्कोडाको नयाँ सोरुम र वर्कसप

पोखरा ।
स्कोडाको सुविधा सम्पन्न शोरुम पोखराको नयाँबजारमा सञ्चालनमा आएको छ । युरोपियन लिडिङ ब्रान्ड स्कोडा गाडीको आधिकारिक आयातकर्ता एमएडब्लु इन्टरप्राइजले हालै पोखरामा आफ्नो गाडी बिक्रीका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो ।
नेपालमा स्कोडा गाडी विगत सन् २००८ देखि एमएडब्लु इन्टरप्राइजेजले उपलब्ध गराउँदै आएको छ । यससँगै कम्पनीले नेपाली बजारमा युरोपियन कम्पनीको गाडी सर्वसुलभ बनाएको छ । कम्पनीले आफ्ना डिलर प्लान अन्तर्गत नेपालभर नेटवर्कहरुको विस्तार एवं स्थापना गर्ने क्रममा पोखरामा पनि युरोपियन स्ट्यान्डर्डको सोरुम स्थापना गरेको हो ।
सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लुका कार्यकारी निर्देशक रोनक अग्रवालले सोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरेका छन् । गाडीको व्यवसायमा सेल्ससँगै सर्भिसमा पनि जोड दिनुपर्ने प्रमुख अतिथि थापाले बताए । युरोपियन ब्रान्ड भएकाले स्कोडा राम्रो गाडी भएको उनको भनाइ छ ।
पश्चिममाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले स्कोडाले पोखरा क्षेत्रमा लोकप्रियता बढाउने विश्वास गरे । छोटो समयमा नै नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे । ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको जनाएको छ । पोखरामा सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते स्पेसल टेस्ट ड्राइभ कार्यक्रमको पनि व्यवस्था गरिएको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।
स्कोडा खरिदमा नयाँ अफर
स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजले स्कोडा गाडी खरिदमा सहज फाइनान्स स्किम ल्याएको छ । जस अन्तर्गत १० लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नै खरिद गर्न सकिने भएको छ । तरलता अभावको वर्तमान समयलाई मध्यनजर गर्दै कम्पनीले यो अफर ल्याएको हो । स्कोडा मन पराउने ग्राहकहरु यो अफरबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।









रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया