पाेखरामा म्याद सकिएको खाद्यान्न नयाँ लेबलिङ गर्दै बिक्री

पोखरा ।
म्याद गुज्रिएका उपभोग्य सामग्रीमा नयाँ मिति टाँसेर बिक्री, वितरण गर्ने पोखराका २ पसल कारबाहीमा परेका छन् । उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजकत्वमा आइतबार पोखरा १४ चाउथेमा गरिएको अनुगमनमा शिव शिखर एग्रो प्राइभेट लिमिटेड र चाउथेमै रहेको शिव शक्ति टे«ड लिंक एन्ड सप्लायर्स कारबाही परेका हुन् ।
अनुगमन टोलीले शिव शिखरलाई ३ लाख र शिव शक्तिलाई २० हजार जरिवाना तिराएको छ । टोलीले असोज १४ गते पोखरा ३२ राजाकोचौतारा नजिकै रहेको युनिक ट्रेडर्सलाई ५० हजार जरिवाना तिराएको थियो । टे«डर्सले पहिलो चोटि दिएको निर्देशन पालना नगरेको भन्दै अनुगमन टोलीले जरिवाना गरेको थियो ।
आइतबार जिल्ला प्रशासन कार्यालय कास्की र उपभोक्ता हित संरक्षण निर्देशनालयमा २ व्यवसायीले कालोबजारी गरेको उजुरी परेको थियो । उजुरी परेको भोलिपल्टै अनुगमन गरिएको टोलीका संयोजक तथा निर्देशनालयका निर्देशक नारायण आचार्यले जानकारी दिए । ‘शिव शिखर एग्रोले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर अपराध गरेको सूचना आयो । म्याद गुज्रेका समान बजारमा पठाएको सूचना आएपछि अनुगमन गर्दा त्यो प्रमाणित भयो,’ आचार्यले भने ।
म्याद समाप्त भएका सामानको लेबलिङ मेटाएर नयाँ लेबलिङ गरी समान बिक्री, वितरण गरिएको पाइएको छ । शिव शिखरको गोदामभरी उपकार बान्डका आटा र चामल थिए । ती सबैको म्याद गुज्रिएको र नयाँ लेबललिङ गरेको पाइएको उनले आचार्यले सुनाए । ‘गोदामबाट बिक्री हुन नसकेका म्याद सकिएका उपकार ब्रान्डका चामल, आटा लगायतका सामानमा डेट मेटाएर पुन नयाँ म्याद थप राखेर बजारमा लगेको भेटियो,’ उनले भने, ‘नयाँ डेट थप गर्न, नयाँ छाप लगाउने मेसिन, बोरा सिलाउने मेसिन, नयाँ बोरा, अक्षर लेख्न प्रयोग हुने मेसिनसमेत बरामद गरेका छौं ।’
आइतबार टोली पुग्दा कामदारहरु नयाँ छाप हान्ने तयारीमा थिए । कामदारहरुले केही दिनदेखि म्याद सकिएका चामलमा लेबलिङ गर्ने काम भइरहेको स्वीकारेका छन् । आर्चायले भने, ‘गोदाममा ५०÷६० ट्रक चामल लगायत आटा र उपकार ब्रान्डका धेरै सामान छन् । टोलीले तत्कालका लागि ३ लाख जरिवाना काटेर निर्देशनालयमा उपस्थिति हुन लगाएको छ ।’ एग्रोलाई अर्को आदेश नहुँदासम्म बिक्री, वितरण गर्न रोक्न निर्देशन दिइएको र नमाने सिल गरिने उनको भनाइ छ ।
टोलीले आइतबार नै गरेको अगनुगमनमा चाउथेमा रहेको शिव शक्ति टे«ड लिंक एन्ड सप्लार्यसमा पनि म्याद नाघेका सामान भेटिएका छन् । म्याद नाघेको केएनपी पेन्टस् टोलीले बिक्री, वितरण रोक लगाएको छ । शिवशक्तिले बिज बिजक राम्रोसँग उपलब्ध नगराएकाले अनुगमन टोलीले २० हजार जरिवाना गराएको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बताए ।
उनले म्याद गएका सामानको लेबलिङ रसायन प्रयोग गरी मेट्ने र फेरि नयाँ म्याद राखेर बजारमा पठाउने गरेको पाइएको बताए । शिवशक्तिले ३ वर्षदेखि म्याद गुज्रिएका सामान बेच्ने गरेको खुलेको काइरालाले जानकारी दिए ।
अनुगमन टोलीमा निर्देशक आचार्य, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि अनिल थापा, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बराल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार लगायत सहभागी थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया