सर्वोच्च अदालतमा गोरुमात्रै ब्याएन, ५ बाट बाच्छा पायो

पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्र नभएर पाँचवटा बाच्छा पाएको टिप्पणी गरेका छन् ।
ओली शुक्रबार पोखरामा सुरु प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै थिए । ‘गोरु ब्याएन मात्रै ५ वटा बाच्छा पायो,ु उनले भने । ओलीले आफ्नो सरकार ढालेका माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पछुताइरहेको पनि सुनाए । ‘सरकार ढलाएर गए, अहिले भित्रबाट प्रसाद आउँछ भनेर ढोकाबाहिर पर्खिएर बसेका छन्” उनले भने । उनीहरुको बुद्धि बिग्रिएर त्यस्तो भएको ओलीको टिप्पणी थियो ।
पत्रकारहरुलाई उनले परमादेश सरकारबारे भ्रममुक्त हुन आग्रह गरे । ‘पहिला तपाईंहरु भ्रममुक्त हुनुभयो भने अरुलाई भ्रममुक्त पार्न सक्नुहुन्छ,’उनले भने । कतिपय बुद्धिजीवीले एमालेको समर्थनमा लेख्दा त्यो एकपक्षीय भनिने गरेको र परमादेशीको पक्षमा लेख्दा राम्रो मान्ने गरिएको उनले बताए । त्यसलाई उनले बौद्धिक दिवालियापनको संज्ञा दिए ।
अहिले राष्ट्र निर्माणको राजनीति एउटा छ, अर्को देश बिगार्ने राजनीति चलिरहेको उनको भनाइ थियो । देशको राजनीति बिग्रन नदिन बलिदान नदिइकन संघर्ष र दबाबबाट निर्वाचनका माध्यमबाट ठेगाना लगाउनुपर्नै खाँचो ओलीले औंल्याए । ‘जनतालाई गलत कुरा ल्याउने काम भइरहेका छन्, ती गलतको खण्डन गर्ने काम तपाईंहरुको,’उनले पत्रकारहरुलाई भने, ’सत्यको संवाहक बन्नुहोस् ।’
ओलीले भने– तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्– केपी ओलीको सरकार नढाली भएको थिएन,त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगार्देको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया