क्षेत्रीय अस्पतालमा विश्व मिर्गाैला दिवस

पोखरा ।
सचेतना कार्यक्रम गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार विश्व मिर्गाैला दिवस मनाइएको छ ।
प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मिर्गाैलाका बिरामीहरु र तिनका आफन्त पनि सहभागी थिए । त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति प्राडा डुकबहादुर क्षेत्री, डीन प्राडा श्रीकृष्ण श्रेष्ठ, मिर्गाैला रोग विशेषज्ञ डा अमृत केसीले मिर्गाैला रोगको रोकथामका उपायहरु सुझाए ।
प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गाैला डायलाइसिस सेवा विस्तार गर्ने जानकारी कार्यक्रममा दिइएको थियो । अहिले १५ वटा डायलाइसिस मेसिनबाट दैनिक कम्तीमा पनि ४५ जना बिरामीले सेवा लिइरहेका छन् । उक्त सेवाको क्षमता विस्तार गरिने डा. अमृत केसीले जानकारी दिए । पेरिटोनियल डाइलाइसिसको सुरुआतसमेत उक्त अस्पतालमा भएको छ ।
मिर्गाैला प्रत्यारोपण गर्ने सेवा सुरु गर्ने प्रतिबद्धता कार्यक्रममा व्यक्त भएको थियो । उक्त सेवा सञ्चालन गर्न प्रतिष्ठानले यसअघि नै मानव अंग प्रत्यारोपण केन्द्रसँग समझादारी गरिसकेको छ । यसैबीच रानीपौवाको आस्था किड्नी एन्ड स्पेसलाइज्ड हस्पिटलमा पनि मिर्गाैला सचेतना कार्यक्रम सम्पन्न भएको छ ।









रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया