बास्थाल गनगनेको सभा

समाधान संवाददाता २०७८ फागुन २८ गते १०:०८

पोखरा ।
बास्थला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पोखरा १३ आर्वाको १६ औं वार्षिक साधारणसभा तथा उपभोक्ता भेला शुक्रबार भएको छ ।

Advertisement


सभामा १३ का वडाध्यक्ष दर्शन लामाले खानेपानीको पहुँच सबै जनतासम्म पु¥याउन वडाले काम गरिरहेको बताए । उनले खानेपानीबाट कोही उपभोक्ता वञ्चित नभएको बताउँदै नयाँ प्रविधिबाट वडामा थप खानेपानी योजना सञ्चालन गरिने जानकारी दिए । आफ्नो कार्यकालमा वडानं १३ लाई नमुना वडा बनाएको दाबी गर्दै उनले आगामी दिनमा आफू जहाँ रहे पनि वडाको समग्र विकासमा ध्यान दिने प्रतिवद्धता गरे ।


रतन पाण्डे माविका प्रधानाध्यापक डिल्लीराम बरालले खानेपानी उपभोक्ता समितिले विद्यालयमा खानेपानीको व्यवस्थापन गरिदिएकोमा धन्यवाद दिए । आर्वा मौजा कुलायन मार्ग सडक उपभोक्ता समिति अध्यक्ष शरदचन्द्र बरालले आगामी आर्थिक वर्षभित्र आर्वा मौजा कुलायन मार्ग अन्तर्गत निर्माण भइरहेको बाँकी सडकको काम निर्माण सक्ने प्रतिबद्धता गरे ।


मोहरपानी आदर्श टोल विकास संस्था पोखरा १३ आर्वाका अध्यक्ष श्रीराम सिग्देलले समग्र आर्वाको विकास, निर्माणमा वडा लगायत सबै क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका नेतृत्वकर्ताले गम्भीर रुपमा ध्यान दिएर काम गर्नुपर्ने सुझाए ।


कार्यक्रममा अमर ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक बिमलबहादुर बराल, शान्तेडाँडा सहेले सालघारी वन उपभोक्ता समिति अध्यक्ष विष्णुप्रसाद बराल, जागरण आमा समूह अध्यक्ष राधादेवी बराल (विद्या), अर्ध नारेश्वर टोल विकास संस्थाका अध्यक्ष टीकाराम बराल, छापाको चौतारा टोल विकास संस्थाका अध्यक्ष राधाकृष्ण बराल, उपभोक्ता भोजराज बराल, खानेपानीका कर्मचारी रुद्रनाथ बराल लगायतले बोलेका थिए ।

Advertisement


बास्थला गनगने पंधेरा खोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष नरबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष घनश्याम बराल, कोषाध्यक्ष मधुमाया बराल लगायतले बोलेका थिए ।


कार्यक्रममा खानेपानी उपभोक्ता समितिका संस्थापक, खानेपानी ट्यांकी निर्मणका लागि जग्गादाता तथा समितिमा रहेर योगदान पु¥याउने ६ जनालाई दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरियो । यसरी सम्मानित हुनेमा टंकनाथ बराल, गंगादेवी बराल, होमविलास बराल, भोजराज बराल, सु. सुकदेव बराल र रुद्रबहादुर कुईकेल छन् ।

तपाईको प्रतिक्रिया