दोस्रो दिन १५ लाख कारोबार
पोखरा ।
१७ औं संस्करणको लेखनाथ महोत्सवमा शुक्रबार १५ लाख रुपैयाँको कारोबार भएको छ । महोत्सवको सात हजार दर्शकले अवलोकन गरेको प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।
महोत्सवमा विभिन्न विधाका कलाकारले दर्शकहरुलाई मनोरञ्जन दिलाएका छन् । विद्यालयस्तरीय नृत्यमा भवानी कालिका, गोगन मावि र अल्फा एकेडेमीले नृत्य प्रस्तुत गरे । महोत्सवको आकर्षणका रुपमा शनिबार आधुनिक गायनतर्फ संगीतकार वसन्त सापकोटा, सहिमा श्रेष्ठ, हास्यव्यंग्यतर्फ सन्दीप क्षेत्री र लोकगायनतर्फ राजु परियार, राजन कार्की, टेक क्षेत्री, आयुषा गौतम, अन्जु किव र मधु चापागाईको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
बिहीबारदेखि शुरु भएको १७ औं संस्करणको लेखनाथ महोत्सवमा विभिन्न वस्तु तथा उत्पादनका ३ सयभन्दा बढी स्टल छन् । लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने नाराका साथ लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा भएको महोत्सव चैत ७ गतेसम्म चल्नेछ ।
तपाईको प्रतिक्रिया