घरघर जाऔं, कांग्रेस जिताऔं अभियान आइतबारदेखि, कास्कीमा वाग्ले आउँदै

पोखरा ।
नेपाली कांग्रेस कास्कीले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल पार्ने योजना तय गरेको छ । उक्त अभियान आइतबार देशैभरि सुरु हुँदैछ । कास्कीमा आइतबार अपराह्न १ बजे जिल्ला पार्टी कार्यालयबाट अभियान सुरु हुने जानकारी कास्की कांग्रेस सचिव भानु ढकालले दिए ।
कांग्रेसले स्थानीय निर्वाचनलाई लक्ष्य गरी पार्टीको संगठन विस्तार र सुदृढीकरणका १ महिनासम्म अभियान सञ्चालन गर्न लागेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत बुधबार बसेको बैठकले उक्त अभियानलाई सफल बनाउन ७७ वटै जिल्लामा केन्द्रीय सदस्य प्रतिनिधि खटाएको छ ।
कास्कीमा केन्द्रीय प्रतिनिधिको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले आउने भएका छन् । ‘अभियान सफल बनाउन आइतबार जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेका छौं,’ सचिव ढकालले भने ।
पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पुर्याउन कांग्रेसले यो अभियान चलाउन लागेको हो । पार्टीका नेता र कार्यकर्तासहित जनताका घरघरमा गएर निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम यो अभियानमा चल्नेछ ।
अभियानमा कांग्रेसले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा दिएर वडा तहसम्म नेता तथा कार्यकर्ता परिचालन गर्ने भएको छ । यो क्रममा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छरिएका भ्रम हटाउन निर्देशन दिइएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया