अमृतको ‘एकान्त भीड’ सार्वजनिक

पोखरा ।
कवि अमृतको कृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानले आयोजना गरेको समारोहमाअग्रज साहित्यकार सरुभक्त रतीर्थ श्रेष्ठले कृतिलोकार्पण गरे ।
कार्यक्रममा सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र उडान गर्न पाउनुपर्ने बताए । कविता स्वयंमा शालीन र कोमल हुने भएकाले कवितालाई कित्ताकाट गर्न नहुने कुरामा उनको विशेष जोड थियो । कविलाई सीमामा बाँध्नु उचित नहुने उल्लेख गर्दै उनले भने, ‘कविता पढ्ने मन त्यति सुन्दर हुनुपर्छ जति भीरमा फुलेको फूल हेर्ने आँखा सुन्दर चाहिन्छ ।’ नेपाली कवितामा अमृतको उपस्थिति निकै भरोसालाग्दो बनेर उभिएको बताउँदै उनका कवितामा जीवन र समाजको सुन्दर प्रतिबिम्ब आएको बताए ।
कवि तीर्थ श्रेष्ठले सूत्रात्मक अभिव्यक्तिमा कविता बुन्न कवि अमृतले कुशलता देखाएको बताए । कविता आफैँमा छोटो अभिव्यक्ति भएकाले यसलाई अनावश्यक शब्दको बोझ बोकाउनु उचित नहुने उनको भनाइ छ । कवि सरस्वती श्रेष्ठ ‘सरू’ले कवि अमृत पछिल्लो समय निकै क्षमतावान् बनेर उदाएकोमा आफूलाई खुसी मिलेको बताइन् । समीक्षक सञ्जीव पौडेलले कविता संग्रहमा कवि अस्तित्ववादी, विसङ्गतिवादी, प्रकृतिप्रेमी, देशभक्तिको भावना प्रमुख रूपमा मुखरित भएको बताए । उनले बहुविषयमा आधारित रहेर कोमल अभिव्यक्ति दिने कार्यमा कवि अमृत सङ्ग्रहमा सफल रहेको सुनाए ।
कवितामा कोमलता हराउँदै गएको वर्तमान अवस्थामा अमृतले त्यसलाई फेरि जगाउने कार्य गरेको भन्दै उनका कवितामा दार्शनिकता प्रमुख विशेषता बनेर उपस्थित भएको पौडेलले औंल्याए ।कृतिले कोमल, शिक्षित र बौद्धिक पाठकको अपेक्षा गर्ने उनको भनाइ छ । अमृतका कवितामा सहरीकरणको रुखोपन, आमाको महानता, राजनीतिक विकृतिमाथिको शालीन विद्रोह, वैदेशिक रोजगारका व्यथा आदि विषय र स्वर प्रमुख रूपमा अभिव्यक्त भएको पौडेलले उल्लेख गरे ।
समारोहमा कवि अमृतले आफ्ना कविताका रचना गर्भ र जीवनका अनुभूति सुनाए । समारोहमा कवि ईश्वरमणि अधिकारी, दीपक समीप, चन्द्रवीर तुम्बापो, मीना श्रेष्ठ, मोहन भण्डारीलगायतले बोलेका थिए ।









चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया