स्याङ्जाका २ नगरपालिका देशभरका उत्कृष्ट, प्रधानमन्त्री शेरबहादुर देउवाले गरे पुरस्कृत

पोखरा ।
स्याङ्जा जिल्लाका २ वटा नगरपालिका देशकै उत्कृष्ट काम गरेबापत पुरस्कृत भएका छन् । नेपाल नगरपालिका संघ २९ औं साधारणसभाको अवसरमा स्याङजाका वालिङ र पुतलीबजार नगरपालिकाले विकास निर्माणमा उत्कृष्ट काम गरेकाले पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा पतुलीबजारकी सीमा क्षेत्री र बालिङका दिलिप खाँणले हुन् । उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट नगरपालिकाका मेयरलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका छन् ।
उत्कृष्ट काम गरेको भन्दै नेपाल नगरपालिका संघले उनीहरुलाई पुरस्कृत गरेको हो । नगरपालिकाले विकासतर्फ उत्कृष्ट काम गरेकोमा नगरपालिकालाइ पुरस्कृत गरको हो । संघले देश भरीका ७ वटा नगरपालिकालाई पुरस्कृत गरकोे छ ।
पुरस्कृत हुनेमा धादिङको निलकण्ठ नगरपालिका, इलाम नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् । संघले सबै सूचकहरुका आधारमा नगरपालिकालाई प्रतिस्पर्धी आधारमा छनौट गरेको हो । नगरपालिकाबाट पुरस्कृत हुनेहरुमा इलाम नगरपालिकाका मेयर महेश बस्नेत, राप्तीकी प्रभा बराल, हरिवनका गणेश प्रसाई, निलकण्ठका भीम ढुंगाना र तिलोत्तमाका मेयर बासुदेव घिमिरेले छन् ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया