पोखराको सभागृहबाट लागूऔषधसहित रोशन पक्राउ
समाधान संवाददाता
२०७८ फागुन ३० गते १९:५१

पोखरा ।
पोखरा सभागृहबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले शनिबार भारत मोतिहारी स्थानी घर भएका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ बस्दै आएको भारत घर भएका रोशन कुमार गुप्ता हुन् ।
१९ वर्षीय रोशन पोखराको सभागृहमा बस्दै आएका थिए । उनको साथबाट प्रहरीले लागू औषध डाईजापाम ५७ एम्पुल, फेनेरागन ५७ एम्पुल र नुर्फिन ५७ एम्पुल बरामद गरेको छ ।
डिएसपी तिवारीको अनुसार रोशनको साथबाट १ थान मोबाइल बरामद गरेको छ । उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध मुद्दामा दिन आठ म्याद थप गरेर अनुसन्धान अगाडि बढाइरहेको डिएसपी तिवारीले बताए ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया