अन्नपूर्ण केवलकार चैत १ गतेबाट सञ्चालन आउने

समाधान संवाददाता २०७८ फागुन ३० गते २०:१७

पोखरा ।

Advertisement


पोखराको पर्यटकीय गन्तव्यका रूपमा बनेकाे अन्नपूर्ण केवलकार चैत १ गतेबाट सञ्चालनमा आउँने भएको छ । अन्नपूर्ण केबलकारका अनुसार बिहान ५ बजेदेखि सेवा सञ्चालनमा केबलकार खुला हुने छ ।


पर्यटकलाई बिहानको सूर्येदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गराउने उदेश्यले बिहानदेखि बेलुका ६ बजेसम्म केबलकार सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दीनेश पौडेलले जानकारी दिए । फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारकर मर्मत गर्न केही दिन बन्द गरीएको थियो ।

Advertisement

सेदीबगरदेखि सराङकोटसम्म २ हजार ४०० मिटर रहेको उक्त दुरी ९ मिनेटमा पार गर्न सकिने महाप्रबन्धक पौडेलले बताए । कुल १७ वटा गोन्डोला रहेकोमा अहिले एउटामा आठ जनासम्म बसेर अवलाकन गर्न सकिनेछ । दुई अर्ब रुपैयाँ लागतमा बनेको अन्नपूर्ण केबलकार बनेको हो ।


कम्पनीले विदशी स्वदेशी पर्यटकका लागि छुट्छुटै भाडादर तय गरेको छ । कम्पनीले सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर र नेपालीका लागि रु ७ सय भाडादर तय गरेको छ ।


कम्पनीले स्थानीय र ज्येष्ठ नागरिक र अपांगा भएका व्यक्तिक भाडामा ५० प्रतिशत दिने जनाएको छ । गरेको छ । विद्यार्थीका लागि २५ प्रतिशत सहुलियतका दिएको छ ।

तपाईको प्रतिक्रिया