कास्की १ कांग्रेसले चैत ५ गते कार्यसमिती कार्यालय स्थापना गर्ने

समाधान संवाददाता २०७८ फागुन ३० गते २०:१९

पोखरा । कास्की कांग्रेस क्षेत्र नम्बर १ ले चैत ५ गते एकै दिन ३० वडा कार्यसमिति कार्यालय खोल्ने भएको छ । क्षेत्र नम्बर १ को आज बसेको बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन र कार्यालय स्थापनाबारे टुंगो लगाएको हो ।

Advertisement


क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ कोषाध्यक्षमा अमर वहादुर केसी र क्षेत्रीय सदस्यमा बिष्णु पसाद शर्मा, राजेश्याम कोईराला दिलमाया गुरुङलाई मनोनयन गरेको हो ।


बैठकले क्षेत्रीय सभापति राजेन्द्रमणि लामीछानेको अध्यक्ष १५ सदस्यीय कार्यसम्पादन समिती समेत गठन गरेको कास्की एक कांग्रेसका सचिव सरोज केसीले जानकारी दिए । क्षेत्रीय पदाधीकारी र अन्य सात सदस्य लाई कार्यसम्पादन समितीमा मनोनयन बैठकले गरेको छ । सदस्यमा सन्तोष तिवारी, सन बहादुर गुरुङ, मोती कुमार क्षेष्ठ ,गणेश बिक, भोजराज ओझा, विष्णु प्रसाद शर्मा र दिलमाया गुरुङ रहेका छन् ।

Advertisement


यस्तै, बैठकले कास्की क्षेत्र नम्बर १ मातहतका ३० बटा वडा कार्यसमिती कार्यालय र २ ओटा गाँउपालिका कार्यलयलाई चैत्र ५ गते एकै दिन स्थापना गर्ने निर्णय गरेको छ । कांग्रेस कास्की एकका सचिव केसीका अनुसार पार्टीको जागरण अभियानलाई सफल बनाउन चैत १२ आमसभा गर्ने निर्णय समेत भएको छ ।


बैठकमा महानगरका उपसभापती प्रयाग राज भण्डारी,क्षेत्री उपसभापतीद्वय कृष्ण कोइराला ,दुर्गा सुवेदी सचिवद्वय सरोज केसी, ओम प्रकास गुरुङ, कांग्रेस रुपा गाँउपालीका अध्यक्ष बिमल बाबु न्यौपाने र मादि गाँउपालीका अध्यक्ष यम बहादुर गुरुङ सहित ३० वटै इकाइ सभापतीहरुले पार्टीको जागरण अभियान र निर्वाचनलाई लाई सफल बनाउन एकसाथ लाग्नुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया