लेखनाथ महोत्सवमा ८० हजार दर्शक

लेखनाथ ।
लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म २ करोड १५ लाख कारोबार भएको छ । महोत्सव अहिलेसम्म ८० हजार दर्शकले अवलोकन गरेको प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले बताए ।
महोत्सवमा अहिलेसम्म १ सय ७० जनाले कोरोना बिरुद्धको भ्याक्सिनसमेत लगाएका छन् भने स्वास्थ्य सुरक्षाका लागि आयोजकले टिकटमा मास्कसमेत उपलब्ध गराएको छ । सोमबार विद्यालयस्तरीय कार्यक्रम, रत्यौली गीत, जनजातिको पहिचान सहितका नृत्य भएका छन् । गायनतर्फ पूर्णकला बिसी, चन्द्र शर्मा लगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिलाए ।
मंगलबार चर्चित गायक पशुपति शर्मा, सन्दीप सिंह राना, सरस्वती लामिछाने लगायतको प्रस्तुति रहने छ । फागुन २६ देखि जारी महोत्सव चैत ७ गतेसम्म चल्नेछ । महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादन कम्पनीका विभिन्न वस्तु तथा सेवाका ३ सयभन्दा बढी स्टल छन् ।
महोत्सव स्थल किनबेचको केन्द्र बनेको छ ।महोत्सवमा हेर्ने र घर फर्कदा आवश्यक पर्नेसामान किन्ने क्रम देखिएको कोषाध्यक्ष भरतराज ओझाले बताए ।









रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया