कास्की कांग्रेस सदस्यमा ७ मनोनित

समाधान संवाददाता २०७८ चैत ५ गते २१:५९

पोखरा ।
नेपाली कांग्रेस कास्कीको जिल्ला कार्यसमिति सदस्य पदमा ७ जना नेता मनोनित भएका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ३ धारा १२ को उपधारा ५ (ख) बमोजिम पार्टी सभापति किशोरदत्त बरालले ७ जना नेतालाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् ।

Advertisement


सभापति बरालले पार्टी विधानमा उल्लेख भए बमोजिमको अधिकार प्रयोग गरी सदस्य मनोनित गरेको र त्यसलाई शनिबार बसेको पार्टीको पूर्ण बैठकले अनुमोदन गरेको कास्की कांग्रेसका मुख्यसचिव विजयराज अधिकारीले जानकारी दिए ।
जिल्ला सदस्यमा मनोनित हुनेमा पोखरा महानगरपालिका वडा नम्बर २७ का बाबुराम गिरी, पोखरा ५ का गंगाधर पराजुली, मादी ३ का अर्जुन गुरुङ, पोखरा १५ का वर्षाकेशव पराजुली, पोखरा ६ की सविना तिमिल्सिना, पोखरा १० का निर्मला कार्की भण्डारी र पोखरा २२ की कमला विन्दु बराल छन् ।


बैठकले घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानको अनुगमन समिति गठन गरेको छ । समितिमा पार्टी सभापति किशोरदत्त बरालसहित जिल्लाका पदाधिकारी, महासमिति सदस्य, क्षेत्रीय सभापति, प्रदेश सभा सभापतिहरु, पालिका सभापति र अग्रज नेताहरु छन् ।
कांग्रेस विधानले जिल्ला सभापतिलाई २० प्रतिशत सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । सभापति निर्वाचित भएको ४ महिना नपुग्दै बरालले जिल्ला कार्यसमितिमा ७ जना मनोनीत गरी पूर्णता दिएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया