पोखराका पूर्व मयेर कार्कीको निधन

समाधान संवाददाता २०७८ चैत ८ गते ११:५२

पोखरा ।
पाेखराका पूर्व मेयर रुद्रबहादुर कार्कीको सोमबार निधन भएको छ ।

Advertisement

पूर्व मेयर कार्कीको पोखरा १२ चापापानी स्थित आफ्नै निवासमा निधन भएको हो । ९८ वर्षीय कार्कीको केही दिनदेखि स्वास्थ्यमा खराबी आएकाे थिए । पोखरा नगर पञ्चायतको नेतृत्व गरेको कार्की मध्यकालिन ग्रामिण पोखरालाई आधुनिक युगमा पुर्‍याउन योगदान छ ।


पोखराका लब्धप्रतिष्ठित राजनीतिकर्मी, समाजसेवी, विकास अभियन्तासमते हुँदै कार्की लामो समय पोखरा नगर पञ्चायतको भए । कार्की आधुनिक पोखराका नायकका नामले परिचित छन् । उनले मध्यकालीन ग्रामिण पोखरालाई आधुनिक यूगको शहर उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्कीको चार छोरा र आठ छोरी छन् । स्वर्गीय कार्कीको मंगलबार बिहान पोखराको रामघाटस्थित सेती नदी किनारमा दाहसंस्कार गरिदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया