जिल्ला खेलकुद अध्यक्षलाई मन्त्री गुरुङले सोधे स्पष्टीकरण

पाेखरा ।
गण्डकी प्रदेश सरकारले प्रदेश अन्तर्गतका जिल्ला खेलकुद विकास समितिका अध्यक्षलाई स्पष्टिकरण सोधेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले प्रदेश अन्तर्गतका जिल्ला खेलकुदका अध्यक्षलाई स्पष्टिकरण सोधेका हुन् । उनले प्रदेश खेलकुद विकास नियमावली अनुसार काम कर्तव्य जिम्मेवारी पूरा नगरेको भन्दै स्पष्टिकरण सोधेका हुन् । १५ दिनभित्र चित्त बुझ्दो स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
स्पष्टिकरण चित्त बुझ्दो नभए प्रचलित कानुन अनुसार कारबाही हुने उल्लेख छ । सरकार परिवर्तनसँगै प्रदेश अन्तर्गतका जिल्ला खेलकुद समितिको नेतृत्व परिवर्तन गर्ने क्रम सुरु भएको छ । तत्कालिन एमाले नेतृत्वको प्रदेश सरकारले प्रदेशका ११ जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा आफ्नो दल निकट नेतालाई नियुक्ति दिएको थियो । गण्डकीमा अहिले कांग्रेस नेतृत्वको सरकार छ । मन्त्रालय स्रोतका अनुसार एमाले निकट जिल्ला अध्यक्षलाई कारबाही गरेर गठबन्धन आवद्ध दलका नेतालाई नियुक्ति दिने तयारी छ ।








फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया