बुढाथोकी, केसी र शर्मा प्याब्सनमा निर्वाचित

पोखरा ।
निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सनको नेतृत्व तहमा पोखरामा ३ जना निर्वाचित भएका छन् । प्याब्सनको १५ औं राष्ट्रिय महाधिवेशन हालै काठमाडौंमा भएको थियो । त्यही महाधिवेशनबाट खुला उपाध्यक्षमा वीरबहादुर बुढाथोकी निर्वाचित भएका छन् । प्याब्सन कास्कीका सल्लाहकारसमेत रहेका उनी गोल्डेन फ्युचर बोर्डिङ स्कुलका सञ्चालक हुन् ।
कृष्णबहादुर केसी प्याब्सनको गण्डकी प्रदेश उपाध्यक्ष निर्वाचित भएका छन् । पोखरा पब्लिक स्कुलका उनी प्याब्सन कास्कीका पूर्व अध्यक्ष हुन् । लेखनाथको खुदीस्थित गोल्डेन नेचर स्कुलका प्रेमप्रसाद शर्मा प्याब्सनको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । प्याब्सन कास्की निवर्तमान जिल्ला उपाध्यक्ष शर्मा प्रमुख सल्लाहकारसमेत हुन् ।
महाधिवेशनले आगामी ३ वर्षका लागि डिके ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधि सहभागी थिए । प्याब्सन कास्की अधयक्ष मथुराप्रसाद पौडेलले कास्कीले प्याब्सनको केन्द्रीय तहमा गर्विलो उपस्थिति जनाउनु सुखद भएको बताएका छन् ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया