अटेरी अभियानको चुनाव लक्षित छलफल

पोखरा ।
अटेरी अभियानले पोखरामा चुनाव लक्षित छलफल गरेको छ । विभिन्न क्षेत्र, वर्गका अभियन्तासँग भेटेर अभियन्ताहरुले छलफल गरेका हुन् ।
छलफलमा घोषणापत्रमा भएका मूलभूत विषयबारे सारांश साथै उम्मेद्वारहरुको आचारसंहिता जारी पनि गरिएको छ । अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार आगामी कार्यक्रम कस्तो गर्नेबारे छलफल गरिएको हो । ‘हाम्रो आगामी कार्यक्रम कस्तो हुने भन्नेबारे नै छलफल गर्यौं । उम्मेद्वार, अभियान आचारसंहिता र घोषणापत्रमा जारी भएका मूलभूत विषयबारे पनि सारांशमा छलफल सम्पन्न भयो,’ उनले भने ।
यो अभियानले जनतासामु पुगेर अभियानबारे छलफल गर्ने र आफ्ना योजना बुझाउनेबारे पनि छलफल गरिरहेको छ । आउँदो १९ गते स्वतन्त्र उम्मेदवारहरुको पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उनले सुनाए । अहिले अटेरी अभियान घर टोलमा पुग्ने कार्यक्रम भइरहेको छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया