सानिमा बैंकबाट डिजिटल भुक्तानी गरे १५ प्रतिशत छुट

समाधान संवाददाता २०७८ चैत १७ गते १२:१७

पोखरा ।

Advertisement

आविष्कार हस्पिटल अर्थोपलास्टी एण्ड ट्रमा सेन्दरमा सानिमा बैंकका ग्राहकले डिजिटल माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।


बिहीबार बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हल्वाई र हस्पिटलका सञ्चालक समितिका अध्यक्ष डाक्टर आकेशकुमार प्रजापति बीच एमओयूमा हस्ताक्षर भएको हो । आविष्कार हस्पिटल अर्थोपलास्टी एण्ड ट्रमा सेन्दर पोखरा १० बुधचोकबाट सेवा दिइरहेको छ ।

Advertisement

बैंकका ग्राहकले अस्पतालमा औषधी खरिद गर्दा र अन्य सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरे १५ प्रतिशतसम्म छुट पाउने अस्पतालका अध्यक्ष कुमारले जानकारी दिए । ‘यसका लागि पहिल सानिमा बैंकका ग्राहक हुनुपर्‍यो । बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा, औषधी खरीदमा ५ प्रतिशत छुट र अन्य सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउँछन्,’ अध्यक्ष कुमारले भने ।
सम्झौताअनुसार सानिमा बैंकका ग्राहकले डिजिटल भुक्तानिका माध्यमहरु डेबिट कार्ड, क्रोडिट कार्ड, क्यूआर कोडबाट हस्पिटलमा रकम भुक्तानी गर्दा छुट पाउने बैंकका गण्डकी प्रदेश हल्वाइले बताए । हस्ताक्षर कार्यक्रममा बैंकका पोखरा शाखा प्रमुख हरिप्रसाद अर्याल, रिलेसनसिप म्यानेजर बसन्त पाण्डे र हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर सञ्जय कोईरालाको उपस्थितमा थियो ।

तपाईको प्रतिक्रिया