यातायात भाडा १३ प्रतिशत बढ्यो

काठमाडौं ।
सरकारले सार्वजनिक यातायातका साधनको भाडा बढाएको छ । सरकारले गाडी भाडा १३ प्रतिशतसम्म बढाएको हो ।
तेलको मूल्य वृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारी साधनमा भाडा बढाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । यो निर्णय २० गतेदेखि लागु हुने र नयाँ भाडादर यातायात व्यवस्था विभागले सार्वजनिक गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
इन्धनको मूल्य ५ प्रतिशत तलमाथि भएपछि गाडी भाडा स्वचालित रूपमा घटबढ हुने विभागका एक कर्मचारीले जानकारी दिए । २० गतेदेखि लागु हुने नयाँ भाडा १० देखि १५ प्रतिशत बढ्ने उनले जानकारी दिए ।
मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताएका छन् । रुस–युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय तेलको भाउ लगातार बढिरहेको छ ।
विभागले सार्वजनिक यातायातको भाडामा चैत ७ गतेदेखि नै स्वचालित प्रणाली लागु गर्न प्रक्रियाअघि बढाएको जनाएको थियो । गाडी भाडा बढ्ने १३ सूचकमध्ये इन्धन प्रमुुख हो । यसले ३५ प्रतिशत हिस्सा ओगटेको छ । अन्य सूचकको वार्षिक रूपमा समायोजन गरिने २ चैत २०६५ मा निर्णय भएको थियो ।
अरु १२ सूचक छन् । अर्को एउटा सूचक अनुसार गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धि भएमा हरेक वर्ष चैतमा सार्वजनिक यातायातका साधनको भाडादर समायोजन हुनेछ ।
सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्था अनुसार अहिलेसम्म पेट्रोलियम पदार्थमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन हुने व्यवस्था थियो । तर, यो व्यवस्था प्रभावकारी नभएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागको प्रस्तावअनुसार ५ प्रतिशतको प्रावधान राखेको हो । स्वचालित भाडा प्रणाली लागू भएसँगै अब सार्वजनिक यातायातको मूल्य बढाउनका लागि मन्त्रीस्तरीय निर्णय वा मन्त्रिपरिषद् निर्णय कुनुपर्ने छैन ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया