पोखरा १७ मा अटेरी उम्मेदवार
समाधान संवाददाता
२०७८ चैत १८ गते १८:०९

पोखरा ।
पोखरा महानगरपालिका १७ बाट स्थानीय तह निर्वाचनका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ । पोखरा १७ को वडाध्यक्ष पदका लागि प्रतीक्षा ढकालको उम्मेदवारी घोषणा भएको हो ।
पोखरा महानगरपालिकाका विभिन्न वडामा गरी ११ वडामा वडाध्यक्ष पदका लागि उम्मेदवारी परेको छ । केही वडामा वडा सदस्य पदका लागि उम्मेदवारी घोषणा भएको छ ।
पोखराका गनेस पौडेलले स्थानीय तह दलरहित बनाउनुपर्ने माग सहित महानर प्रमुखमा उम्मेदवारी घोषणा गरेपछि यो अभियानले ब्यापक चर्चा पाएको हो । हालसम्म देशभर २ सय बढी नगर प्रमुख र वडा प्रमुख, सदस्य पदका लागि अटेरी अभियानका अभियन्ताहरुको उम्मेदवारी परेको छ । यो क्रम थपिने क्रम पनि जारी छ ।
अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार आउँदो २६ गते अभियन्ताहरुको संयुक्त घोषणा सार्वजनिक कार्यक्रम पोखरामा आयोजना हुँदै छ ।

सम्बन्धित
३








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया