काँग्रेस गण्डकी प्रदेशबाट खटिएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थाले

पोखरा ।
घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेपाली काँग्रेस गण्डकी प्रदेशले प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रम तय गरी खटाईएका प्रतिनिधिहरु ले प्रतिवेदन बुझाउन थालेका छन् ।
गण्डकी प्रदेशका ११ जिल्ला अन्र्तगतका ३६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निवार्चन केन्द्रित कार्यक्रम तय गरी ७२ जना प्रदेश सदस्यहरुलाई निर्वाचन क्षेत्रमा खटाईएको थियो ।खटिएका सवै प्रतिनिधि हरुले सम्बिन्धित प्रदेश सभामा गएर कार्यकर्ता र जनतालाई प्रदेको सन्देश दिएका थिए ।
स्याङजा २ खमा प्रतिनिध भएर गएका सकुन्तला शर्माले घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पाटीको उत्साह थपिएको बताइन् ।
प्रतिवेदन बुझदै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उमेदवार छनोट गर्नका लागि प्रतिबेदन सहयोगी हुने वताए । केन्द्रले स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन आएको उनको भनाई छ ।
प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठले अर्का महामन्त्रि विष्णु लामिछानेले पार्टीका नेता र कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको वताए ।प्रतिनिधिहरुले चैत्र ५ देखि खटेका थिए ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया