थासाङका विशन पूर्जा भूमि आयोग मुस्ताङको अध्यक्ष

,‘ चाँडै बिज्ञसहितको समिति बन्छ,त्यसपछि सबैको सहमती र सहकार्यमा मुस्ताङमा भएका भूमि संम्वन्धि समस्या निराकरण गर्नेतर्फ अग्रसर रहन्छौं ।’

समाधान संवाददाता २०७८ चैत १९ गते १०:३०
नवनियुक्त मुस्ताङ जिल्ला भूमि आयोगका अध्यक्ष विशन पूर्जा ।

जोमसोम—

Advertisement

सरकारले दोश्रो चरण अन्तर्गत ४३ जिल्लामा शुक्रबार राष्ट्रिय भूमि आयोगको जिल्ला अध्यक्ष नियूक्ति गरेको छ । मुस्ताङमा थासाङ—३ लेते धम्पुका ३० वर्षीय साधारण किसानको छोरो विशन पूर्जालाई सरकारले भूमि आयोगको जिल्ला अध्यक्षमा नियूक्ति गरेको हो ।
मुस्ताङमा नवनियुक्त भूमी सम्वन्धि समस्या समाधान आयोगको अध्यक्षमा नियूक्त पूर्जा नेपाली कांग्रेस मुस्ताङका सक्रिय युवा नेता हुन् ।उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङका सदस्य,नेपाली कांग्रेस थासाङ पालिका कमिटी सहसचिव र थासाङ वडा —३ कमिटी उपसभापती पदमा आवद्ध छन् ।यस्तै, उनी नेपाल मगर संघ मुस्ताङको उपाध्यक्ष हुन् । एसएलसी सकेपछि उनी २०६२÷०६३ को जनआन्दोलनमापछि सक्रिय राजनितिमा प्रवेश गरेका हुन् ।
थासाङ—३ लेते धम्पुमा बसोबास गर्ने साधारण किसानको छोरा हुन् विशन पूर्जा ।उनी सामान्य किसानको छोरा भएकाले पूख्यौली पेशालाई अंगाल्दै आईरहेका छन् ।उनको शैक्षिक योग्यता ज्ञानोदय माविबाट एसएलसी परिक्षा उर्तिण गरेका छन् । उनी त्यसपछि शैक्षिक पठन÷पाठन छोडेर कृषि तथा पशुपालन ब्यवसायमा आवद्ध हुँदै आएका छन् ।थासाङमा उनको व्यवसायिक कालिबराह कृषि तथा पशुपालन फार्म सञ्चालनमा छ । त्यहा उनले झन्डै ३ सय देखि ४ सयको हाराहारीमा भेडा बाख्रा पालन गरेका छन् ।उनले यो फार्म विगत १० वर्षअघि देखि संञ्चालन गरेको भएपनि बैधानिक रुपमा सञ्चालन गरेको दुई वर्षमा भएको छ ।
शुक्रबार राष्ट्रिय भूमि आयोगको अध्यक्षमा नियूक्त गरेपछि थासाङका विशन पूर्जा प्रफुल्लित बनेका छन् ।उनले समाधानलाई भने,‘ सरकारले आफुलाई विश्वाश गरेर यतिठुलो कार्यभार र जिम्मेवारी सुम्पिएको छ । यसलाई आफुले अवसर र चुनौतीको रुपमा लिएको र आयोगको कार्यविधि मापदण्ड अन्तर्गत रहेको पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नेछु ।’ उनले भर्खरै आयोगले आफुलाई अध्यक्षमा नियूक्त गरेको र केही दिनमा भूमि आयोगको जिल्ला समिति गठन भएपछि आयोगले सुम्पिएको कार्यभारलाई ईमान्दारितापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए ।‘ भर्खरै अध्यक्ष तोकेको र तत्काल के गर्ने भन्ने योजना बनाएको छैन,नवनियूक्त अध्यक्ष पूर्जाले थपे,‘ चाँडै बिज्ञसहितको समिति बन्छ,त्यसपछि सबैको सहमती र सहकार्यमा मुस्ताङमा भएका भूमि संम्वन्धि समस्या निराकरण गर्नेतर्फ अग्रसर रहन्छौं ।’ उनले मुस्ताङमा भूमिहिन सकुम्बासी समस्या,दलित र अव्यवस्थित जग्गा सम्वन्धि समस्यालाई यथोचित छानवीन गरी भूमी समस्या समाधान गर्नेतर्फ लाग्ने उल्लेख गरे ।
तपाईको शैक्षिक योग्यता थोरै छ,यतिठुलो जिम्मेवारी पुरा गर्न सक्नुहुन्छ त? भन्ने प्रश्नमा नवनियूक्त अध्यक्ष पूर्जा भन्छन्,‘ मेरो शैक्षिक योग्यता कम भएपनि भूमि संम्वन्धि आफुलाई केही ज्ञान भएको र समितिमा आवद्ध बिज्ञ टोली र जिल्लाका सरोकारवालाहरु सुझाव लिएर अघि बढ्ने छु ।’
मुस्ताङमा सुकुम्बासी भन्दा बढी अव्यवस्थित बस्तीको बढी समस्या रहेको आयोगका जिल्ला अध्यक्ष पूर्जाले बताए । उनका अनुसार मुस्ताङमा २०३१ सालदेखि यता कुनै नापनक्सा नभएको र त्यसबेला थुप्रै जग्गा नापी हुनबाट बञ्चित रहेकाले ति समस्यालाई पनि सम्वोधन गर्नेतर्फ आफ्नो योगदान रहने बताए ।

तपाईको प्रतिक्रिया