राजनिति
थासाङमा एमालेको पालिका कार्यालय
पूर्व सांसद शेरचनको परिवारले पालिका पार्टी कार्यालयका लागि भवन उपलब्ध गराए
जोमसोम
नेकपा (एमाले )जिल्ला कार्यसमिति मुस्ताङले शनिबार थासाङ गाउँपालिका वडा नं. २ को कोवाङमा पालिका कार्यालय स्थापना गरेको छ । पूर्व सांसद स्वः महेन्द्र शेरचनको परिवारले एमाले मुस्ताङको पालिका कमिटी तथा वडा कमिटीको पार्टी कार्यालय सञ्चालन गर्न दुई तले भवन उपलब्ध गराएको हो ।
मुस्ताङमा क्रियाशिल नेपाली कांग्रेस ,नेकपा( एमाले) र राप्रपा लगायतका राजनितिक पार्टीको जिल्लामा आफ्नै पार्टी कार्यालय छैन ।मुस्ताङमा क्रियाशिल पार्टीहरु लामो समयदेखि ब्यक्ति र संस्थाको भवनमा कार्यालय सञ्चालन गर्दैआईरहेका छन्। एमालेका पूर्व सांसद शेरचनको परिवारले पालिका पार्टी कार्यालय भवनका लागि भवन उपलब्ध गराएपछि एमाले पालिका तथा वडा कमिटीलाई कार्यसम्पादनमा सहज हुने जनाईएको छ । मुस्ताङका ५ वटै स्थानीय तहका वडा तथा पालिका कमिटी गठन भएपनि अरु पालिकामा पार्टी कार्यालय भवन स्थापना भएको छैन ।गत बुधबार एमाले मुस्ताङले सातौ जिल्ला अधिवेशन समेत सम्पन्न गरिसकेको छ । आसन्न स्थानीय निकाय निर्वाचनमा एमाले चुनावी माहोल सृजना गर्न पार्टी गतिबिधिलाई सक्रिय तुल्याएको छ ।निर्वाचनकै मुखमा पालिका कमिटी स्थापना भएसंगै पार्टीको कार्यक्रममा सहज बनेको एमाले मुस्ताङले जनाएको छ ।
मुस्ताङको थासाङ—२ मा स्थापना भएको नेकपा एमालेको पालिका कार्यालयको संविधान सभा सदस्य ,एमाले केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश सहईञ्चार्ज श्रीमाया थकालीले उद्घाटन गरिन् । पार्टी कार्यालय स्थापनाका क्रममा नेकपा एमाले मुस्ताङ जिल्ला ईञ्चार्ज एवं केन्द्रिय सदस्य चन्द्रमोहन गौचन, संघीय सांसद एवं गण्डकी प्रदेश सचिवालय सदस्य प्रेमप्रसाद तुलाचन ,एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य आनन्द शेरचन ,एमाल जिल्ला कमिटी मुस्ताङका अध्यक्ष आशबहादुर थकाली र गाउपालिका संगठन कमिटीका अध्यक्ष नविनकुमार भट्टचन लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया