लोभलाग्दो रुप्से झरना

समाधान संवाददाता २०७८ चैत २१ गते ११:३०

जोमसोम—
उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ मा पर्ने मनोरम प्राकृतिक सौन्दर्यताले भरिएको मनमोहक रुप्से झरना पछिल्लो समय आर्कषक पर्यटकीय गन्तब्य बनेको छ ।निजी तथा सार्वजनिक सवारी साधन प्रयोग गरी सडक मार्ग हुँदै मुस्ताङ आउँने अधिकांंश पर्यटक म्याग्दीको रुप्से झरना आईपुग्दा टक्क रोकिन्छन् ,अनि फोटो खिच्न व्यस्त हुन्छन् ।
बेनी—जोमसोम सडकको छेवैमा पर्ने भएकाले मुस्ताङ भित्रिएका हरेक पर्यटकले यहाँको सौन्दर्यता नियाल्ने गर्छन ।कतिपयले झरनाको प्रोफाईल राखेर सेल्फी खिच्छन् भने कतिपय पर्यटकले टिकटक बनाएर सामाजिक सञ्जालमा अपलोड गर्छन । प्राकृतिक सौन्दर्यले भरिएको रुप्से झरना झन्डै ३ सय मिटर भिरालो चट्टाने पहाडबाट खस्ने भएकाले यहाँको दृष्य हेरेर पर्यटक मख्ख पर्ने म्याग्दी दानाबाट ईन्द्रसिंह शेरचनले बताए ।उनले पर्यटकका लागि रुप्से झरना आर्कषक गन्तब्य भएपनि सो आसपासमा सवारी पार्किङ गर्ने र आवश्यक होटल रेष्टुरेन्ट सञ्चालन गर्ने ठाउँ नहुँदा अप्ठ्यारो परेको उनले जानकारी दिए ।
त्यसो त म्याग्दीको रुप्से झरनाको वास्तविक स्वरुपमा केही परिवर्तन भएको छ । यसअघि अतिनै सुन्दर देखिने रुप्से झरना दुई वर्ष अघि आएको भिषण बाढी ÷पहिरोले झरनाको केही सरचनामा क्षति पुग्दा रुप्सेको स्वरुप फेरिएको हो ।बर्खायामको बाढीले रुप्से झरनाको स्वरुपमा मात्र होईन त्यहाँ रहेको पक्की मोटरेबल पुल समेत बाढी ÷पहिरोले ध्वंस्त बनाईदिएको थियो । रुप्सेमा रहेको एक रेष्टुरेन्ट समेत बाढी÷पहिरोले त्यस वर्ष क्षति बनाएको थियो ।
म्याग्दीको रुप्से झरना निकै राम्रो पर्यटकीय हब बन्ने अत्यधिक सम्भावना रहेपनि सरक्षणको अभावमा पर्यटकलाई दृष्यावलोकन गर्नमा समस्या परेको छ । त्यहाको अन्नपूर्ण गाउपालिकाले समेत रुप्से झरना ब्यवस्थित गर्न नसक्दा पर्यटकले साघुरो सडकमै सवारी रोकेर रुप्से झरना हेर्न र तस्विर कैंद गर्न पर्ने समस्या छ । शेरचन भन्छन् ,‘ रुप्से झरना पर्यटक लोभ्याउने महत्वपूर्ण स्थान भएकाले यसको संरक्षणमा स्थानीय तहले यथाशिघ्र पहल गर्नुपर्छ । पूर्वाधार बनेमा पर्यटकले शुल्क तिरेर भएपनि रुप्से झरनामा आनन्द लिन सक्छन् ।’

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया