हिमपहिरो पीडित र स्याउ किसानलाई उचित क्षतिपूर्ती दिनुपर्ने सांसद गौचन माग

जोमसोम—
प्रदेश सांसद चन्द्रमोहन गौचनले हिमपहिरो पीडित र स्याउ किसानलाई उचित क्षतिपूर्ती दिन गण्डकी प्रदेश समक्ष माग गरेका छन् । सोमबार गण्डकी प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै सांसद गौचनले मुस्ताङको थासाङमा हिमपहिरो जाँदा त्यहाँका स्थानीय पशुपालकले ठुलो क्षति व्यवहोर्न परेको र लामोसमय बितिसक्दा समेत अझै पनि पीडित पशुपालकले क्षतिपूर्ती पाउँन नसकेको भन्दै प्रदेश सरकारको ध्यानार्कष गराएका हुन् ।
सांसद गौचनले गत कार्तिक २८ गते मुस्ताङको थासाङ गापा—२ को धौलागिरि मानापाथी हिमालबाट आएको हिमपहिरोमा परी ९ वटा याकचौरी घाईते र दुई वटा चौरी गोठ पुरै पुरिएको थियो भने चालु वर्षको फागुन २१ गते सोही स्थानमा पूनः हिमपहिरो जाँदा १५ वटा याकचौरी मरेको र १० वटा याकचौरी बेपत्ता भएको गण्डकी प्रदेश सभा बैठकलाई जानकारी गराए । सांसद गौचनले थासाङमा गएको हिमपहिरो र त्यसले पू¥याएको क्षति विवरण स्थानीय प्रशासनले सम्वन्धित निकायमा जानकारी गराएको भएपनि पीडित पशुपालक किसानले अझै क्षतिपूर्ती राहत पाउन नसकेको बताए । मुस्ताङको परम्परागत याकचौरी पालन व्यवसाय यहाँको सांस्कृतिक धरोहर समेत रहेको उल्लेख गर्दै सांसद गौचनले प्राकृतिक प्रकोपको कारण समस्यामा परेका पशुपालकलाई संरक्षण गर्न नसकिएमा याकचौरी पालन व्यवसायनै संकटमा पर्नसक्ने उल्लेख गरे । गण्डकी प्रदेश सभा बैठकमा सांसद गौचनले हिमपहिरो पीडित पशुपालकको पक्षमा क्षतिपूर्तीको बिषय उठान गरेलगत्तै गण्डकी प्रदेश निर्देशानालयले हिमपहिरो पीडितलाई उचित क्षतिपूर्ती दिने जनाएको छ ।
गण्डकी प्रदेश सभा बैठकमा मुस्ताङमा उपलब्ध गराईएको उच्च घनच्वको स्याउ बिरुवा अनुदानको कार्यक्रम प्रभावकारी नभएको सांसद गौचनले बताएका छन् । भूमि व्यवस्था तथा कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले गण्डकी प्रदेशले आव २०७७—०७८ मा ७५ प्रतिशत अनुदानमा उच्चघनत्वको स्याउ बिरुवा उपलब्ध गराईएको भएपनि मुस्ताङका किसानलाई ढिलो गरी विरुवा उपलब्ध गराउँदा झन्डै ५० प्रतिशत बिरुवा मरेर खेर गएको जानकारी गराए ।मुस्ताङका किसानलाई फागुन —चैत्र महिनामा बितरण गर्नुपर्ने उच्चघनत्वको स्याउ बिरुवा असार महिनामा बिरुवा बितरण गरिदा अनुदानमा पाएको बिरुवा खेर गएको सांसद गौचनको भनाई छ ।सांसद गौचनका अनुसार मुस्ताङमा गण्डकी प्रदेशले २६ हजार २ सय ९० उच्चघनत्वको स्याउ बिरुवा अनुदानमा बितरण गरेको थियो ।समयअनुकुल प्रदेशले अनुदानको स्याउ बितरण नगर्दा स्याउ बिरुवामा किसानले क्षति व्यहोर्न परेको र त्यसका लागि आवश्यक क्षतिपूर्ती उपलब्ध गराउने बिषयमा पहल गर्न प्रदेश सरकारको ध्यानर्कषण गराए ।
सांसद गौचनले गण्डकी प्रदेश सरकारको अख्तियारीमा परेका विकासे योजनामा भईरहेका ढिलासुस्तीका बारेमा समेत प्रदेश सरकारको ध्यानर्कण गराएका छन् । सांसद गौचनले थासाङको लेते कुञ्जो जोड्ने पुल हाल ३५ प्रतिशत मात्र भौतिक प्रगती भएकोले यसलाई यथाशिघ्र गति दिन माग गरे ।उनले कागबेनी—झोङ सडक,चराङदेखि दामोदरकुण्ड जाने सडक, ढाक्मरदेखि घार गुम्बा जोड्ने सडक,जोमसोमदेखि ठिनी हँुदै नमखुलेंक जोड्ने सडक,प्रादेशीक सरकारी भवन निर्माण र कालिगण्डकी सडक पुलदेखि काठेपुल हुँदै सरकारी कार्यालय जोड्ने सडक लगायतका योजनामा ढिलासुस्ती भएको र यसलाई तिब्रता दिन प्रदेश सरकार समक्ष माग गरेका छन् ।
तपाईको प्रतिक्रिया