
पोखरा ।
बैंकिङ कसुरमा ठगी गरेको भन्दै एक जनालाई जिल्ला अदालत कास्कीले जेल चलान गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ मियापाटन बस्दै आएकी रबिना खातुनलाई जिल्ला अदालत कास्कीले जेल चलान गरेको हो । खातुनलाई जिल्ला अदालत कास्कीले ३ दिन कैद र १ लाख ८ हजार जरिवाना फैसाला गरेको छ ।
खाली चेक दिएर पटक पटक झुक्याएपछि उनी माथि जिल्ला प्रहरी कार्यालय कस्कीमा मुद्दा दर्ता भएको थियो । खातुनले खाली चेक दिने तर, खातामा पैसा झिक्न जाँदा अकाउण्डमा पैसा नभएपछि उनलाई राजन (परिवर्तित नाम) ले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।
जिल्ला अदालत कास्कीले खातुनलाई २०७८ साउन २७ गते ३ दिन कैद फैसाल सुनाएपनि खातुन फरार थिइन् ।
यसपछि उनलाई जिल्ला प्रहरी कार्यालयले खातुनलाई खोजिरहेको थियो । सोमबार उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर खगेन्द्र अधिकारले बताए । इन्पेक्टर अधिकारीका अनुसार खातुनलाई ३ दिन जेल चलान गर्न अदालतले कास्की कारागारलाई पत्र काटेको छ ।
खातुनमाथि लागको १ लाख ८ हजार नतिरे पीडित राहत कोषमा बुझाउनुपर्ने २ सय र १ दिनको ३ सय रुपैयाँका दरले ११ महिना १६ दिनसम्म कारागार राख्न अनुमति दिएको छ ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया