कर्मचारीलाई कुटेको हैन, सम्झाएको हो : मन्त्री मनाङे

समाधान संवाददाता २०७८ चैत २३ गते १६:४५

पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका आरोप लागेको छ । आफ्नो कार्यकक्षमा अरु कर्मचारीहरुको सामुन्नेमै मन्त्रालयका अधिकृत प्रकाश ओझालाई मंगलबार मन्त्री गुरुङले कुटपिट गरेको समाचार बाहिर आएको हो । तर मन्त्री मनाङले हात पात नगरेको दाबी गरेका छन् ।

Advertisement

मन्त्री मनाङेले हातपात नगरेको तर, सम्झाएको बताए । ‘कर्मचारी त चोरै हो, अलिकति गाली गरे पनि हातपात भनिहाल्छ । तर यस्तो हो, यो चोरहरुले ठगेर खान पाएको छैन,’ उनले भने, ‘आरोप लगाउने त हो नि । कहाँ त्यस्तो चोर, ठग बाहुनलाई कसले कुट्छ ? किन पिट्न पर्यो, त्यसलाई त पछि कारबाही गर्ने हो । मैले कुट्यो भने त त्यो मर्छ । त्यस्ता चोरहरुलाई कुट्ने मेरो बानी छैन ।’
मन्त्रालय स्रोतका अनुसार ‘उद्यमी युवा, समृद्ध प्रदेशमा टेवा’ सम्बन्धी योजना÷कार्यक्रमको मापदण्डका विषयमा असन्तुष्टि जनाउँदै ओझामाथि मन्त्रीले कुटपिट गरेका थिए । उक्त मापदण्डमा सरकारको अनुदान लिन चाहने फर्ममा कम्तीमा ५० प्रतिशत युवा हुनुपर्ने प्रावधान किन राखेको भन्दै मन्त्रीले आपत्ति जनाएको मन्त्रालयका कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा उल्लेख गरे ।


Advertisement

तपाईको प्रतिक्रिया