चराङमा ‘ग्रामिण आँखा केन्द्र’
जोमसोम—
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—१ चराङमा बुधबार‘ग्रमिण आँखा केन्द्र’उद्घाटन भएको छ ।सेवा फाउन्डेसनको जनशक्ति व्यवस्थापन,उपकरण तथा प्राविधिक सहयोगमा चराङमा ‘ ग्रामिण आँखा केन्द्र उद्घाटन गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले जनाएको छ ।
फाउन्डेसनले दुर दराजको स्थानीय तह लोघेकरको चराङ स्थापना भएको ‘ग्रामिण आँखा केन्द्र’मा एकजना नेत्र सहायक स्वास्थ्यकर्मीलाई एकवर्षसम्म तलब भत्ता उपलब्ध गरी गरी खटाईएको छ ।फाउन्डेसनले योसहित चराङ आँखा केन्द्रलाई बन्दोवस्तीका सामाग्री सौजन्य गरेको छ । सेवा फाउन्डेसनले आँखा जाँच्ने फ्रिड ल्याम,कम्यूटर सेट,चश्मा,औषधि,चश्मा जाँच्ने उपकरण र भिजन ड्रम लगायतका करिव २५ लाख बराबरको उपकरण सामाग्री चराङ ग्रामिण आँखा केन्द्रलाई हस्तान्तरण गरेको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले जानकारी दिईन् । सेवा फाउन्डेसनको सहयोगमा गाउँपालिकाको वडा कार्यालय भवन चराङमा ‘ग्रामिण आँखा केन्द्र स्थापना भएको उनले बताईन् ।
पालिकाको स्थानीय स्तरमै ‘ग्रामिण आँखा केन्द्र स्थापना भएसगै दुर्गम गाउँ विपन्न जनताले अब जिल्ला सदरमुकाम धाउने झन्जटबाट मुक्त भएका छन् । चराङमा आँखा उपचार केन्द्र स्थापना भएसंगै त्यहाका स्थानीयले दृष्टि परीक्षण,चश्मा जाँच,सुपथ मुल्यको औषधि सेवा,लेन्ससहितको चश्मा सेवा,सामान्य शल्यक्रिया लगायतको सेवा पाउँने छन् ।यस्तै,केन्द्र मार्फत समुदाय र विद्यालयहरुमा आँखा शिविर सञ्चालन गर्ने,वार्षिक एक पटक आँखा अप्रेसनको व्यवस्था र जनचेतनामूलक कार्यक्रमका लागि स्यंमसेविकाहरुलाई दुई दिने आँखा उपचार संम्वन्धि आधारभुत तालिम सञ्चालन भएको नेत्र सहायक रुमिला नेपालीले जानकारी दिईन् ।
यसअघि ‘चराङ ग्रामिण आँखा केन्द्र’को उद्घाटन जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले उद्घाटन गरिन् ।उनले उपल्लो मुस्ताङको दुर दराजको गाउँपालिका चराङमा आँखा केन्द्र स्थापनाले यहाँका गरिव तथा विपन्न जनतालाई राहत पुग्ने विश्वाश व्यक्त गरिन् ।गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले यसअघि आँखा सम्वन्धि सामान्य समस्या हुँदा सदरमुकाम र जिल्ला बाहिर जानपर्ने समस्या आँखा केन्द्र स्थापनासंगै अन्त्य भएको बताए । उनले जनताको सेवाका लागि फाउन्डेसन र तिलगंगा आँखा प्रतिष्ठानले पू¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
तपाईको प्रतिक्रिया