स्वास्थ्य
मुस्ताङमा ‘टाईफाईड’ रोग बिरुद्ध खोप अभियान सुभारम्भ
१५ महिनादेखि १५ वर्ष मुनिका कुल ३ हजार ७ सय ७१ जना बालवालिकाले टाईफाईड बिरुद्धको खोप लगाउने

जोमसोम—
हिमाली जिल्ला मुस्ताङमा बालबालिकालाई लगाईने ‘टाईफाईड’ बिरुद्धको खोप अभियान शुक्रबार देखि सुरु भएको छ ।५ स्थानीय तह रहेको मुस्ताङमा जिल्लाको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित जनशान्ति माविबाट शुक्रबार खोप अभियान सुभारम्भ गरिएको छ ।
सरकारले देश व्यापी खोप अभियान संञ्चालन गरेअनुरुपमा मुस्ताङमा पनि खोप अभियान सुभारम्भ भएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । अभियानको जिल्ला खोप समन्वय समिति संयोजक एवं जिसस उपप्रमुख राजेन्द्र शेरचनले खोप भ्याक्सिन बक्स स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरी अभियान सुरु गरे ।
मुस्ताङका ५ वटै स्थानीय तहमा १५ महिनादेखि १५ वर्ष मुनिका कुल ३ हजार ७ सय ७१ जना बालवालिकाले टाईफाईड बिरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले जनाकारी दिए । मुस्ताङमा ३७ वटा खोप केन्द्र र ४८ वटा खोप सेसन रहने उनको भनाई छ ।
मुस्ताङका ५ स्थानीय तहका ३७ विद्यालयमा २ हजार ९ सय २८ बालबालिकालाई खोप लगाईने छन् भने विद्यालयको पहुँचमा नरहेका ४ सय ४३ जना बालबालिकालाई टाईफाईड बिरुद्धको खोप लगाईने कार्यक्रम छ । जसअन्तर्गत मुस्ताङको थासाङमा ८ सय ९१,घरपझोङमा १ हजार ४१,वारागुङ मुक्तिक्षेत्रमा ७ सय १४ ,लोघेकर दामोदरकुण्डमा ३ सय ४१ र लोमान्थाङ गाउँपालिकामा ३ सय ७३ जना बालबालिका टाईफाईड बिरुद्धको खोपको पहुँचमा जोडिने छन् ।सरकारको खोप अभियान सफल पार्न मुस्ताङको थासाङमा चैत्र २७ गतेदेखि २९ गते,घरपझोङमा चैत्र २७ गतेदेखि ३० गते,वारागुङ मुक्तिक्षेत्रमा चैत्र २५ गतेदेखि २९ गते,लोघेकर दामोदरकुण्डमा बैशाख १ गतेदेखि बैशाख ४ गते र लोमान्थाङ गाउँपालिकामा बैशाख ८ गतेदेखि बैशाख १० गतेसम्म खोप लगाउने कार्यतालिका रहेको छ ।
अभियान अन्तर्गत मुस्ताङमा ४८ जना खोप कार्यकर्ता र ९६ जना स्वंमसेवक गरी कुल १ सय ४४ जना जनशक्ति परिचालन हुने छन् । खोप अभियानमा स्वास्थ्य स्वंमसेविकासहित महिला शिक्षिकाहरुलाई समेत परिचालन गरिने छ । अभियानमा खटिएका ३७ खोप केन्द्रले खोप लगाएको ३ दिनभित्र पालिकालाई रिपोटिङ गर्नेछन् भने सम्वन्धित स्थानीय तहले ७ दिन भित्र स्वास्थ्य कार्यालयलाई रिपोटिङ गर्नुपने जनाईएको ।मुस्ताङको थासाङमा १० ,घरपझोङमा ९,वारागुङ मुक्तिक्षेत्रमा १३ ,लोघेकर दामोदरकुण्डमा ७ र लोमान्थाङमा ९ वटा खोप केन्द्र रहने छन् ।
टाईफाईड बिरुद्धको खोप एक पटक लगाए मात्रै पुग्छ । १५ महिना नपुगेका बालबालिकालाई १५ महिना पुगेपछि नियमित रुपमा खोप लगाउने व्यवस्था गरिएको छ । खोप अभियान अघि स्वास्थ्य कार्यालयको समन्वयमा जिल्ला, पालिका तथा पालिका भित्रका प्रत्येक वडाहरुमा खोप समन्वय समिति गठन गरी अभिमुखिकरण भएको र उनीहरुलाई तालिम समेत दिईएको स्वास्थ्य कार्यालयले बताएको छ ।मुस्ताङमा विद्यालयतर्फ ८० प्रतिशत र समुदायमा रहेका १५ प्रतिशत गरी कुल ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।खोपको माध्यमबाट टाईफाईड रोगलाई जिल्लालाई शून्यमा पू¥याउन अभियान सञ्चालन भएको हो ।
टाईफाईड बिरुद्धको खोप अभियानको सुभारम्भ समारोहमा बोल्दै जिसस उपप्रमुख राजेन्द्र शेरचनले लक्षित बालबालिकाको पहुँचमा खोप पू¥याउन सके मात्र अभियान सार्थक हुने विश्वाश ब्यक्त गरे । यसअघि मुस्ताङमा कोरोना बिरुद्धको खोप अभियान सफल र प्रभावकारी रहेको उल्लेख गर्दै यसपटक पनि सोही किर्तिमानी मुस्ताङले कायम राख्ने बताए । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले खोप अभियान प्रभावकारी बनाउन प्रशासनीक निकायबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।
वारागुङ मुक्तिक्षेत्रकी उपाध्यक्ष ढिकी गुरुङले खोप अभियान सफल पार्न आफ्नो पालिकाले समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता जनाईन् । कार्यक्रमको सञ्चालन स्वास्थ्य सयोजक खगेन्द्र बोहोराले गरेका थिए ।
तपाईको प्रतिक्रिया