चैते दशै सेरोफेरोमा २०औ हजार तिर्थालु श्राद्ध गर्न कागबेनी आईरिए

समाधान संवाददाता २०७८ चैत २५ गते १७:४५
चैते दशैको मेलोमा कागबेनीमा पितृको नाममा श्राद्ध,पिण्डदान र तर्पण दिने भीड ।तस्विर ःसुन्दरकुमार थकाली

कागबेनी

Advertisement

मुस्ताङको कागबेनीधाममा अक्सर बडा दशैको सोह्र श्राद्ध देखि औशीसम्म र चैतै दशै औशी तिथिदेखि चैते दशैसम्म श्रद्धालु भक्तजनहरुको ठुलो घुईचो लाग्ने गर्छ ।कोरोना कहरअघि बर्सेनि दुई सिजन कागबेनीमा नुहाउन,श्राद्ध गर्न,पिण्डदान र तर्पणदिन देशभरका ७७ वटै जिल्लाबाट भक्तजनहरु मुस्ताङको कागबेनी आउँने गर्छन् ।कोरोना कहरको बेला कागबेनीधाममा भक्तजनहरु श्राद्ध गर्न मुस्ताङ आउन सकेनन् । कोरोनाकै कारण कागबेनी धार्मिक स्थल लगातार २ वर्ष सुनसान रह्यो ।
पछिल्लो समय कोरोना भाईरस न्यूनिकरण हुँदै जनजिवन सहज भईसकेकाले भक्तजनहरु मुस्ताङ आउने क्रम बढेको छ । मुस्ताङको कागबेनीमा भक्तजनले पितृको नाममा श्राद्ध गर्ने ,स्नान गर्ने,श्राद्ध गर्ने ,पिण्डदान र तर्पण दिने आदी गर्छन । यसरी कागबेनीमा श्राद्ध गरी कालिगण्डकी नदीमा नुहाएर भक्तजनहरु मुक्तिनाथ दर्शनका लागि उकालो उक्लिन्छन् ।
मुस्ताङको कागबेनीधाममा पितृको नाममा श्राद्ध तथा पिण्डदान दिन चैते दशै औशी देखी चैतै दशैको दिनसम्म हजारौ पर्यटकको भीड लाग्ने गर्छ । यहाँका आएका भक्तजनले सामुहिक र व्यक्तिगत रुपमा पुजापाठ गरी पितृको नाममा श्राद्ध र पिण्डदान गर्छन ।मुस्ताङको कागेबेनी नेपालकै प्रसिद्ध धार्मिक श्राद्ध स्थल रहेको र यहाँ पुगेर कर्म गर्नाले धार्मिक मोक्ष प्राप्ती हुने भक्तजनहरु बताउँछन् ।
पछिल्लो समय कोरोना भाईरस न्यूनिकरण हुँदै जनजिवन सहज भईसकेकाले भक्तजनहरु मुस्ताङ आउन थालेका छन् । उनीहरु मुस्ताङको कागबेनीमा पितृको नाममा श्राद्ध गर्ने ,स्नान गर्ने,श्राद्ध गर्ने ,पिण्डदान र तर्पण दिने गरेका छन् । यसरी कागबेनीमा श्राद्ध गरी कालिगण्डकी नदीमा नुहाएर मुक्तिनाथ दर्शनका लागि उकालो उक्लिन्छन् ।
कागबेनीका पुजारी यज्ञप्रसाद शर्मा गौतमका अनुसार विगत वर्षहरु भन्दा यसपटक कागबेनीधाममा श्राद्ध गर्न धार्मिक तिर्थालु अत्यधिक रुपमा वृद्धि भएको जानकारी दिए ।उनले कागबेनी महत्वपूर्ण श्राद्ध गर्ने तिर्थ स्थल रहेको र यहाँको व्यवस्थापनमा आशिंक सुधारको खाँचो रहेको बताए ।
चैते दशै औशी देखि चैतेदशै सम्म मुस्ताङका होटलहरु तिर्थालुहरुले भरिभराउ हुन्छन् ।तिर्थालुले बेनी—जोमसोम राजमार्गका होटल देखि जोमसोम,कागबेनी र मुक्तिनाथका होटलहरु तिर्थालुले भरिएर यहाँका धर्मशाला र पाटीपौवामा समेत तिर्थालु अटाएका छैनन् ।कोरोना कहर न्यूनिकरण हुँदै गईरहेको र मुस्ताङमा तिर्थालुको आगमन बढेकाले स्थानीयको पर्यटन व्यवसाय समेत राम्रो हुँदै गइैरहेको मुस्ताङ उद्योग वाणिज्य संघको अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।
मुस्ताङमा चालु वर्षको चैते दशै औशी देखि अहिलेसम्म करिव २० हजार धार्मिक तिर्थालु कागबेनीमा श्राद्ध गर्न र मुक्तिनाथ दर्शन गर्न आउने गरेको प्रहरी चौकीको रेकर्डमा उल्लेख गरिएको छ । चौकी ईञ्चार्ज मनबहादुर कार्कीका अनुसार गएको दुई सातामा झन्डै ५ सयको हाराहारीमा बस,२ हजार मोटर साईकल र १५ सय भन्दा बढी जिपकार मुस्ताङ भित्रिएको जानकारी दिए । मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक तथा तिर्थालु बढ्दै जाँदा यहाँका पर्यटन व्यवसायीमा आशाको सञ्चार पलाएको यहाँका पर्यटन व्यवसायीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया