म्याग्दीको मंगला गाउँपालिकामा एमालेले अहिलेकै अध्यक्षलाई उम्मेदवार दोहोर्याउने

बेनी ।
नेकपा एमालेले म्याग्दीको मंगला गाउँपालिकामा अहिलेकै अध्यक्ष सतप्रसाद रोका दोहोर्याएर उम्मेदवार बनाउने भएको छ । गाउँपालिका कमिटीले आइतबार यस्तो निर्णय गरेको हो । आउँदो स्थानीय तह निर्वाचनमा अध्यक्ष आफूलाई दोहोर्याउने निर्णय पार्टी कमिटीले गरेको जानकारी रोकाले दिएका छन् ।
२०७४ को चुनावमा रोका निर्वाचित भई गाउँपालिका अध्यक्ष छन् । नेतृत्व हस्तान्तरण गर्ने सोचाइ आफूमा भए पनि सर्वसम्मतिबाटै अध्यक्षमा दोहोरिन निर्णय भएको उनले जनाए । गाउँपालिका उपाध्यक्षमा उक्त पार्टीबाट बहालवाला उपाध्यक्ष सिर्जना केसी र नेता पेमा अधिकारीको दाबेदारी छ ।
एमालेले मंगला गाउँपालिकाको ३ वटा वडामा अध्यक्षको उम्मेदवार टुंग्याएको छ । वडा नम्बर १ एकजित रोका, वडा नम्बर ३ मा बहालवाला वडा अध्यक्ष कविन्द्र रोका र ४ नम्बर वडामा थमप्रसाद रोकाको नाम टुंगिएको हो । मंगलामा एमालेले अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडामा जितेका थियो ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया