केन्ट आरओको नयाँ वर्ष अफर

समाधान संवाददाता २०७८ चैत २८ गते १५:१४


पोखरा l
इओएल प्रालि नेपालमा केन्ट उत्पादनका लागि एकमात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले यसपालीको नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।

Advertisement

भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बिमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’ भन्ने नारासहित यो अफर ल्याएको हो । यो योजना अन्तर्गत केन्टका कुनै पनि आरओ मोडल र केन्ट हेपा एयर प्युरिफायरको खरिदमा ३ लाखको दुर्घटना बिमा उपलब्ध हुनेछ । यो ग्राहक योजना चैत २५ देखि देशभर सिमित अवधिका लागि लागू गरिएको छ ।

केन्ट ब्रान्डका अन्य वाटर प्युफिायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरण पनि उपलब्ध छन् ।

Advertisement

तपाईको प्रतिक्रिया