धादिङ–पोखरा सम्पर्क समाजले गर्यो ज्येष्ठ नागरिक सम्मान

पोखरा l
धादिङ–पोखरा सम्पर्क समाजले शनिबार नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्यो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले २०७९ सालको समाजको क्यालेन्डर विमोचन तथा जिल्लाका ज्येष्ठ नागरिकलाई सम्मान गरे । उनले पोखराका लागि धादिङवासीहरु ऊर्जा भएको बताए । शाहीले भने, ‘सबै पेशा, व्यवसाय, सेवा, कर्ममा तपाईंहरू हुनुहुन्छ । पोखरामा धेरै व्यक्तित्वहरू स्थापित छन् । यो निरन्तरता कायम रहोस् ।’
उनले समाजहरूको महासंघ अन्तर समाज महासंघ नेपाल पोखराबाटै बनेको स्मरण गर्दै यसको स्थापनामा नेतृत्वदायी भूमिका खेलेको यो समाजले आफूलाई पनि सामाजिक भूमिकामा स्थापित गराउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे । उनले भने, ‘स्याङ्जाली सम्पर्क सदनमा अनवरत काम गरेँ । ४–५ कार्यकालमा विभिन्न पद हुँदै अध्यक्ष बनेर निस्किएँ । धादिङ समाज यहाँको अग्रणी समाज हो ।
राजनीतिक कर्म अन्य फोरममा गरौँ । हिजो जस्तै १ नम्बरको समाज बन्ने अभियानमा अघि बढ्नुहोला ।’ उनले दुःखीको लागि समाज हो, धन हुनेले सहयोग गर्ने हो भन्दै समाजलाई उच्च नजरले हेर्न आग्रह पनि गरे ।
अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष चेतनाथ पाण्डेले जिल्लाबासीको एकता र सामाजिक उत्तरदायित्वका सवालमा आफूहरु सबैसँगै रहेको बताए । बारा पोखरा सम्पर्क समाजका अध्यक्ष माधव खतिवडाले आफूहरु भर्खरै एकताबद्ध भइरहँदा धादिङ समाज इकाइ इकाइसम्म पुगेको देख्दा खुसी लागेको बताए ।
कार्यक्रममा सल्लाहकारहरूको तर्फबाट रामकृष्ण दुवाडी, पूर्व अध्यक्षको तर्फबाट कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्साल, समाजका ज्वालामुखी इकाइका नवनिर्वाचित अध्यक्ष सरोज सिंह कुँवर, धादिङ पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी, क्यालेन्डर प्रकाशन समिति संयोजक दिनेश तुलाधर, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, महासचिव सरस्वती श्रेष्ठ (सरू) लगायतले बोलेका थिए । वक्ताहरुले पोखरामा धादिङ समाजप्रति हेर्ने दृष्टिकोण निकै सकारात्मक रहेकाले त्यसलाई कायम गर्न धादिङवासीबीच एकतामा जोड दिएका थिए । समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया