कस्केली अधिकृत समाजमा चन्द्र
पोखरा l
कस्केली अधिकृत समाजको १० औं साधारणसभा तथा सातौं अधिवेशनले चन्द्रबहादुर सुवेदीको अध्यक्षतमा सर्वसम्मत नयाँ समिति चुनेको हो । समितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिव महेश पौडेल, सहसचिव विष्णुप्रसाद पोखरेल र कोषाध्यक्ष सुमित्रा मल्ल उदास छन् । सदस्यमा अनिल शाही, ई. सजिन्द्र तुलाचन, वासुदेव पौडेल, विजयप्रसाद लामिछाने, वसन्त चालिसे, सन्तोष ढुंगाना, चन्द्रावती अधिकारी (वाग्ले), अनिल सुवेदी र मैयाँ पराजुली छन् ।
अधिवेशन गर्न कृष्णकान्त सिग्देलको संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल,भगवान पन्त र दीर्घ ढुंगाना सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । उद्घाटन समारोहमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले कस्केली अधिकृत समाजलाई सामाजिक काम गर्ने माध्यमका रुपमा अघि बढाउनुपर्ने बताए ।
समाजका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले सकारात्मक सहकार्य र भावनात्मक एकतामा जोड दिँदै क्रियाशील समाजले आगामी दिनमा अझै सामाजिक उत्तरदायित्व बहन गर्दैअघि बढ्ने विश्वास व्यक्त गरे । उक्त अवसरमा समाजद्वारा प्रकाशित अधिकृत आवाज –अंक १०) लोकापर्ण गरिएको थियो ।
कार्यक्रमाम समाजसेवी एवं पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल, समीक्षक असफल गौतमसहित समाजमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरियो । कार्यक्रममा गैरसरकारी महासंघ कास्कीका गोपिबहादुर थापा, राजयोगिनी सुधा बराल, सम्मानित व्यक्तित्व चन्द्रकान्त बराल, सल्लाहकार प्रेमप्रकाश गौतम, डा.दीर्घनाथ ढुंगाना, जिल्ला न्यायाधीश वसन्तराज पौडेल, उपाध्यक्ष चन्द्रबहादुर सुवेदी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया