कास्की बि क्रिकेट च्याम्पियन

समाधान संवाददाता २०७८ चैत २८ गते १५:५६


२ दिवसीय सिरिजमा कास्की बिका नितेश गिरी प्लेयर अफ दि म्याच बने

पोखरा l
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित २ दिने १ दिवसीय क्रिकेट सिरिजमा कास्की एलाई ५ विकेटले पराजित गर्दै कास्की बि विजेता बनेको छ ।

पहिलो दिन पानीले रोकिँदा बराबरी हुन पुगेको सिरिज अन्तर्गत आईतबार कास्की बिले ५ विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर ब्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १ सय ६९ बनायो ।

नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे । उनले २ चौका र ३ छक्का प्रहार गरे । सोहेल कुँवरलाई ६ रनमै गुमाएको कास्की ए लाई अर्का ओपनर विकास अधिकारीले सम्हाले । रोहित चन्द पनि नितेश गिरीको बलमा एलबिडब्लुको सिकार हुँदै पभेलियन फर्किपछि १९ रन बनाउने क्रममा कास्की एले २ विकेट गुमाइसकेको थियो ।

Advertisement

प्रतीक आचार्य पनि शून्य रनमै आउट भए पनि कास्की ए १९ रनमै ३ विकेट गुमायो । ३५ रन बनाउने क्रममा चौथो विकेट गुमायो । विवेक नेपालीलाई पनि बलर गिरीले नै बोल्ड गरे । एकपछि अर्को विकेट गुमेपछि कमजोर देखिएको कास्की एलाई विवेक अधिकारीले सम्हाल्ने प्रयास गरे ।

कप्तान सुवास भण्डारी पनि विधान श्रेष्ठको बल १ रनमै पभेलिनय फर्किएपछि क्रिज छिरेका विनोद नेपाली शून्यमै डकआउट भए । आयुष सैंजू ५ रनमा आउट भए । विकास अधिकारी नितेश गिरीको बलमा एलबिडब्लुको सिकार भए । उनले ५२ बलमा ४२ रन बनाए । ५ चौका र १ छक्का हिर्काए । कृष्ण पौडेल र अनिष खड्काले अविजित रहँदै रन उकास्ने प्रयास गरे । पौडेल ६५ रनमा अविजित रहँदा खड्का २९ रनमा अविजित रहे । खड्काले ४५ बलको सामना गरेका थिए । बलिङमा नितेश गिरीले ८ ओभरमा ४ मेडन राख्दै केवल ८ रन दिएर ४ विकेट लिए । विधान श्रेष्ठले ८ ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए ।
१ सय ७० रनको लक्ष्य पछ्याएको कास्की बिले विधान श्रेष्ठ र अमृत गुरुङको अविजित ३६ र ३७ रनको योगदानमा ३५.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । ओपनर मुस्कान थापाले ३१ रन बनाउँदै आधार तयार पारिदिए । उनले ८३ बल खेल्न पुगे । ४ चौका हिर्काउँदै ३१ रन बनाए । सागर लामिछाने केवल ८ रनमै आउट भएपछि कास्की बिको पहिलो विकेट गुम्न पुग्यो । ईशान श्रेष्ठ सस्तैमा १ रनमै आउट भएपछि कास्की बिलाई पनि जितको लक्ष्य पछ्याउन सकस पर्ने देखिएको थियो ।
विष्णु शर्मालाई सुवास भण्डारीले २१ रनमा आउट गर्दै दबाबमा राखे । अनिष खड्काले किरण पौडेललाई १ रनमै पभेलियनको बाटो देखाएपछि कास्की बिलाई अमृत र विधानले सम्हाल्दै जितसम्म डोहोर्याए । सुवास विधानले ३६ बल खेल्दै ३ चौका हिर्काउँदा अमृतले भने २७ बलमा १ चौका र ४ छक्कासहित ३७ रनमा अविजित रहे ।

Advertisement

भण्डारीले ८ ओभरमा २ मेडन राख्दै २२ रन खर्चिएर ३ विकेट लिए । २ दिवसीय सिरिजमा कास्की बिका नितेश गिरी प्लेयर अफ दि म्याच घोषित भए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल तथा कोषाध्यक्ष वीरेन पुनले गिरीलाई ट्रफी प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया