दराजको सपिङमा स्कुटर जित्ने मौका

पोखरा l
अनलाइन बजार दराजले नयाँ वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । सोमबारदेखि लागू हुने अफरमा ५ हजारसम्मको भौचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, विभिन्न पुरस्कारका साथै बम्पर उपहारमा नयाँ स्कुटर जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
यस अभियानको लागि नेपाल बैंक र दराजबीच सम्झौता भएको छ । नेपाल बैंकका कार्डबाहकले डेबिट कार्डमार्फत पहिले नै भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १ हजार) र क्रेडिट कार्डमार्फत पहिले नै भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ हजार ५ सय) सम्म छुट पाउने छन् ।
त्यस्तै, सानिमा, नेपाल इन्भेस्टमेन्ट, मेगा, बैंक अफ काठमान्डू, एनसिसी, सेन्चुरी, ज्योति विकास, मुक्तिनाथ र सांग्रिला विकास बैंकका कार्ड बाहकले डेबिट कार्डमा १० प्रतिशत (१ हजार रुपैयाँसम्म) छुट र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत (१ हजार ५ सयसम्म) छुट पाउने छन् । स्टान्डर्ड चार्टर्ड बैंकका डेबिट÷क्रेडिट कार्ड बाहकले अनलाइन प्रिपेमेन्टमा १५ प्रतिशतसम्म छुट (अधिकतम १ हजार रुपैयाँ) पाउन सक्ने छन् । यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुने कम्पनीले जनाएको छ ।








गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया