पाल्पा प्रवर्धन गर्न सघाउनेहरु सम्मानित

पोखरा l
पाल्पाली समाज पोखराको १९ औं वार्षिक साधारणसभा भएको छ । कार्यक्रममा नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदानसहित भित्तेपात्रो सार्वजनिक गरिएको छ । समारोहमा समाजका लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको अध्यक्ष रेशमरचक थापाले जानकारी दिए ।
सम्मानित हुनेमा पूर्व अध्यक्ष राजेन्द्र केआर, पूर्व कार्यवहाक अध्यक्ष शंकर लिगल, संस्थापक कोषाध्यक्ष शोभाकान्त न्यौपाने छन् । सञ्चार माध्यमको क्षेत्रबाट समाजलाई योगदान पुर्याउने पत्रकार भरत कोइराला, सोभित बस्याल र अनिता घिमिरे (चन्द्रिका)लाई सम्मान गरिएको छ ।
कार्यक्रममा पूर्वमन्त्री तथा उद्योगी हरिप्रसाद पाण्डेले उद्यमशीलताको विकास नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताए । ‘पढेर रोजगारी खोज्नुभन्दा उद्यमी बन्नुपर्छ,’ उनले भने, ‘उद्योग व्यवसायको क्षेत्रमा लागेर रोजगारीको सिर्जना गर्नुपर्छ ।’ उनले समाजको सिफारिसमा २ विद्यार्थीलाई बर्सेनी १ लाखको दरले छात्रवृत्ति दिने घोषणा गरे ।
कार्यक्रममा लोक सेवा आयोग पोखराका प्रमुख लीलाबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव टीकाराम पौडेल, समाजका अध्यक्ष रेशम रचक थापा, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, समाजका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, प्रथम उपाध्यक्ष बालचन्द्र परियार, द्वितीय उपाध्यक्ष श्रीधर पराजुली, महासचिव केशव नेपाल, समाजका पूर्व अध्यक्षहरु नारायणप्रसाद पौडेल, जगदीश गौतम, ताराप्रसाद पोखरेल, गुल्मेली समाज पोखराका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितिज’ लगायतले बोलेका थिए । कार्यक्रममा कलाकारले कौरा नाँच देखाएका थिए ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया